ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आधुनिकरणको प्रभाव र राउटे समुदायको फेरिएको जीवनशैली


admin

काठमाडौं, २२ असोज । मानविय चेतना र प्रविधिको विकासले निश्चित विन्दु पार गरिसकेको छ । त्यसैले यो युगलाई आधुनिक युग भनिएको छ । तर, सबै मानिस आधुनिक युगमा रमिरहेका छन् भन्न सक्ने अवस्था अझै पनि छैन । मानिसहरु आ–आफ्नै मान्यताहरुमा रमिरहेका छन् । तर, आधुनिक युगमा नरम्ने मानिसहरु थोरै मात्र छन् । तुलनात्मक रुपमा आदिवासीहरु आफ्नै पुरानो परम्परामा सम्ने गर्छन् । आधुनिक युगलाई नै चुनौती दिदै आफ्नै दुनियाँमा रम्ने थोरै मात्र मानिस छन् । जो, परम्परागत शैलीमै जीवन यापन गरिरहेका छन् । यस्ता मानिस या समुह विश्वका विभिन्न मुलुकमा छन् । तर, अत्यन्तै न्युन मात्रामा । नेपालमा पनि राउटे समुदाय आधुनिक दुनियाँसँग निक्कै टाढा रहन चाहन्छन् । अझै पनि राउटे समुदाय वनमै बस्छन् । र, आफुलाई वनको राजा भनेर चिनाउन चाहन्छन् ।

को हुन राउटे समुदाय ?
लोपउन्मूख तथा फिरन्ते जीवनशैली भएका राउटेहरूको संसार वनमै छ । राउटेहरु निश्चित कुनै स्थानमा बस्दैनन् । छोटो–छोटो समयमा बसाई सरिरहने राउनेको परम्परागत शैली नै हो । राउटे समुदाय जीवन यापनका लागि खासै खेतीपाती गर्दैनन् । उनीहहरु, काठका विभिन्न सामान उत्पादन गर्छन् । र, काठबाट उत्पादीत सामग्री लिएर नजिकको गाउँ पस्छन् । ती सामानहरुसँग अन्नबाली साटेर जीवन यापन गर्छन् । राउटे समुदाय बढी सिकार गर्छन् । उनीहरुको मुख्य सिकार बादर हो । राउटे सामुदाय आधुनिकय समयको घर रुचाउँदैनन् । उनीहरु, हरियो स्याउला र घोचाहरूको प्रयोगमा गोलाकार र अण्डाकार छाप्रो बनाएर बस्छन् । त्यति मात्र होइन, उनीहरु पहिले–पहिले त ओढार मै बस्ने गर्थे । राउटेहरुको आफ्नै परम्परागत मान्यताहरु छन् । बाटो लागेपछि पछाडि फर्केर खोला वा तालको पानी खाँदैनन्, मूलको मात्र खान्छन् । सम्पत्तिका रूपमा उनीहरूसँग पकाउने भाँडा, दाउरा काट्ने र शिकार गर्ने केही हतियारमात्र हुन्छन् ।

राउटे समुदाय एकै ठाउँमा घर बनाएर बस्दैनन् । बसेको ठाउँमा कुनै सदस्यको मृत्यु भएमा तत्काल त्यस ठाउँ छाड्नुपर्ने उनीहरुको परम्परागत मान्यता छ । लामो समयसम्म कसैको मृत्यु नभए पनि त्यस ठाउँमा अन्य मानिसको चहलपहल बढ्न थाल्यो भने असुरक्षा महसुस गर्दै राउटे समुदाय बसाइ सर्छन् । तर, आजभोली भने वन सम्बन्धी सरकारी नीति र वन क्षेत्र साँघुरीदैं गएको कारण पनि राउटेहरु बसाई सर्ने गरेका छन् । राउटेहरु आफुलाई वनको ठकुरी अर्थात राज भन्न रुचाउछन् । कल्याल ठकुरी, राजकोटी ठकुरी र छत्याल ठकुरी राउटेका जात हुन । राउटेका थरहरु विकसित समाजका ठकुरीहरुका थरसँग हु–बहु मिल्दो जुल्दो पाइन्छ । राउटेहरु आफुलाई सत्यवादी बताउन चाहन्छन् । किवदन्ती अनुसार तत्कालिन समयमा ठकुरीहरु मध्ये उपेक्षित भएको अर्को समुहले त्यसबेलाको अवस्था सहन नसकेर बिद्रोह गर्दै वन पसेका थिए । त्यो समय देखी नै राउटे समुदाय वनमा रमाउन थालेको बुझाइ छ ।

वनमै बसेपनि राउटे समुदाय पनि खुशी हुने अनेक उपायहरु खोजिरहेका हुन्छन् । परम्परादेखी नै राउटे समुदाय गीत गाउँदै नाचेर मनोरञ्जन लिने गरेका छन् । राउटेहरु, वन नै आफ्नो राज्य मान्छन् । राउटे समुदायको मुख्य वासस्थान सुर्खेत, दैलेख, अछाम र कालिकोटका वनहरु हुन । उनीहरु धेरै वर्ष पहिलेदेखी यीनै जिल्लाको वनहरुमा बसोबास गर्दै आएका छन् । राउटेहरु अझै पनि आधुनिक उपचार पद्धतिमा खासै विश्वास गर्दैनन् । बिरामी भए, चोटपटक लागे, शरीरमा घाउँ खटिरा आऐ वनमै पाइने जडिबुटीको प्रयोगमा उपचार गर्छन् ।

राउटे जाति विवाह गर्दा केटाले केटीलाई फकाउने, मागी विवाह गर्ने, नभए मुखियाको सहयोगमा विवाह गर्ने प्रचलन छ । विवाहका लागि केटा पक्षले केटीलाई मह दिएर खुसी पारेपछि विहाव हुने सम्भावना बढी हुन्छ । मन पराएको केटीको घरमा सगुनको रुपमा मह लिएर केटा पक्ष माग्न जाने चलन छ । राउटे समुदायको विवाह संस्कार पनि आम मानिसको भन्दा खासै फरक छैन । केटाकेटी मन परेपछि बुहारी माग्न जाने, विवाहको मिति तय गर्ने र सानोतिनो भोज गरेर विवाह गर्ने प्रचलन राउटे समुदायमा पनि छ । राउटे समुदायले आयोजना गर्ने भोजमा भात, मासु र जाँड विशेष परिकार हुन्छन् ।

राउटे समुदायमा महिलाको संख्या थोरै छ । त्यसैले, पाका पुरुषले कलिलो उमेरका युवतीसँग बिहे गर्नुपर्ने बाध्यता देखिन्छ । राउटे समुदायमा बहुविवाह पूर्ण प्रतिबन्धित छ । कसैले बहुविवाह गरे उनले मुखियाको कारवाही व्यहोर्नु पर्छ । आमा मानिस र राउटे समुदायमा विवाह संस्कार मात्र मिल्दैन, मृत्यु संस्कार पनि मिल्दोजुल्दो छ । कुनै सदस्यको मृत्यु भए ७ दिनसम्म जुठो बार्ने राउटे समुदायको परम्परागत प्रचलन रहेको छ । यसरी आम मानिसभन्दा राउटे समुदाय फरक छैनन् । तर, जीवन यापनको शैलीले उनीहरु फरक झै लाग्छन् ।

राउटे समुदायको जीनवशैलीले देखेर दुनियाँ चकित छ । आधुनिक युगमा रमिरहेका मानिसहरु एक पटक सोच्न बाध्य हुन्छन् : की, आधुनिक युगमा यस्तो जीवन शैली कसरी सम्भव होला ? तर, जीवन जसरी विताउन खोज्यो त्यसरी नै बित्ने रहेछ भन्ने राउटेको जीवनशैलीले बताउँछ । वन नै आफ्नो सर्वसो ठान्ने राउटे समुदायको आफ्नै कथाव्याथा होलान । तर, हामीले देख्दा राउटे समुदायलाई आधुनिक विकासको लोभ लालच पटक्कै छैन । उनीहरु, धनसम्पती, शुखसयल सबैकुरा वनमौ पाउँछन् । उनीहरुलाई धर्ती आफ्नो बनाउनु छैन, आकाश हड्प्नु पनि छैन ।

बस, खेलीखाने वन भए पुग्छ । तर, राउटे समुदाय पनि आधुनिक विकासको प्रभवबाट अलग भने छैनन् । कुनै न कुनै रुपमा राउटेहरु पनि आधुनिक समाज विकाससँग सम्बन्ध राख्न थालेका छन् । आधुनिक बिसका उनीहरुको चाहना नहुनसक्छ । तर, उनीहरुका लागि आधुनिक विकास बाध्यात्मक परिस्थिति बन्दै गएको छ ।

कसरी आधुनिक बन्दैछन् राउटे समुदाय ?
दुनियाँ समृद्ध समाजाको परिकल्पना गर्छ । तर, समृद्ध समाज बन्नका लागि धेरै पक्षले काम गरेको हुन्छ । नेपाली समाज अझै पनि समृद्ध छैन । तर, समृद्धि उन्मुख अवश्य छ । समृद्ध समाज बन्नका लागि समाजाका सबै जाति, समुदाय र क्षेत्रको विकास भएको हुनुपर्छ । सरकारी तवरबाट होस य नीजि क्षेत्रबाट राउटे समुदायलाई सामाजिककरण गर्न विभिन्न प्रयत्नहरु भइरहेका छन् । राउटे समुदायलाई सामाजिकरण गर्ने प्रयत्नहरुका कारण राउटे समुदाय पछिल्लो समय आधुनिक दुनियाँको प्रभावमा पर्दै गएका छन् । विस्तरलै राउटे समुदायमा पनि आम मानिस जस्तै सामान्य जीवनयाप गर्न खोज्नेहरुको संख्या बढ्न थालेको छ । उनीहरु, पनि आधुनिक शुख सुविधा प्रयोगमा अभ्यस्त हुने क्रममा देखिन्छन् ।

आधुनिक जीवनयापन भन्दा विल्कुलै फरक शैलीमा जीउन चाहने राउटे समुदायको दैनिक व्यवहार, रहनसहन र कला संस्कृतिमा विस्तारै परिवर्तन हुन थालेको छ । राउटे समुदाय पहिलेको तुलनामा धेरै कोणबाट परिवर्तनको संघारमा देखिन्छन् । उनीहरु, आधुनिक शुखसयलसँग प्रभावित हुन थालेको जानकारहरु बताउँछन् । राउटे समुदाय पहिले–पहिले सिकार र काठको सामग्री उत्पादनमै व्यवस्त हुन्थे । उनीहरु पशुपालन राम्रो मान्दैथे । उनीहरु सिकारकै भरमा जीवनयापन गर्थे । तर ,अहिले भने पशुपालमा आकर्षित हुन थालेका छन् ।

अहिले राउटे समुदायको वस्तीहरुमा कुखुरा र बाख्रा देख्न पाइन्छ । वन जंगलको नास हुँदै गएपछि बन्यजन्तुको सिकार गर्न नपाएपछि उनीहरुले बाख्रा र कुखुर पाल्न थालेका हुन । केही वर्ष अगाडीसम्म राउटे समुदाय, नयाँ मासिनसँग बोल्न डराउथे, पुरुष राउटेहरु महिलालाई सँगै हिडाउन उचित ठान्दैथे । तर, पल्लिो समय भने राउटे समुदायको कठोर अनुसारन विस्तारै भङ्ग हुँदै गएको छ । त्यसैले, राउटे समुदायाको जीवनयापनमा विस्तारै परिवर्तन हुँदै गएको अनुभुत हन थालेको छ ।

राउटे समुदायको जीवनशैलीमा सकारात्मक र नकारात्मक दुई किसिमले परिवर्तन भैरहेको देखिन्छ । जीवनशैलीमा परिवतर्न आएसँगै राउटे समुदाय सामाजिकरणतर्फ उन्मुख रहेको अनुभूत गर्न मुस्किल पर्दैन । राउटे समुदाय केही वर्ष अगाडीसम्म नयाँ मासिन देख्ने वितिकै डराउथे, कसैले बोलाइहाले पनि नबोल्ने उनीहरुको बानि थियो । उनीहरुमा पितृसतात्मक संरचना छ । त्यसैले विभिन्न गतिविधिमा राउटे महिलाको सहभागी कम देखिन्थ्यो । तर, पछिल्लो समय राउटे समुदायमा पनि महिला सहभागीता बढ्दै गएको छ । उनीहरु आधुनिक पद्धतिको उपचार राम्रो मान्दैनथे । तर, पछिल्लो समय विभिन्न व्यक्तिहरुको पहलमा राउटे समुदायका केही व्यक्तिको अस्पतामा उपचार भएको छ । केही समय अगाडी राउटे समुदायका युवा कपिल शाहीले वीर अस्पतालमा उपचार गराएर फर्किएका छन् । अस्पतालमा उपचार गरेर फर्केका कपिल अस्पतालमा उपचारबारे आफ्नो अभुव यसरी सुनाउछन् ।

राउटे समुदाय र आम मानिसको भेटघाट बाक्लिदै गएको छ । त्यसैले राउटे समुदाय विस्तरै खुल्न थालेका छन् । उनीहरु अहिले बाहिरबाट राउटे वस्तीहरुमा पुग्ने मानिसहरुसँग खुलेर कुरा गर्छन् । राउटे वस्ती पुगेर कुराकानी गर्न चाहने मानिसहरुसँग उनीहरु पैसा, चुरोट, बिडी लगायतका सामग्री माग्ने गर्छन् । आफ्नै दुनियाँमा रामाउन चाहने राउटे समुदाको आफ्नै समस्या छन् । तर, आफ्नो समस्या कसैलाई सुनाउन नसक्ने उनीहरुको बानी हटिसकेको छ ।

मानविय स्वभाव रहनसहनले परिवर्तन हुन्छ । त्यसैले होला, जंगलमा रमाउने राउटे समुदाय पनि बिस्तारै आम मानिस जस्तै, सामान्य जीवनयापनमा रामाउने क्रममा छन् । शिक्षा र स्वास्थ्यको दृष्टिकोणले राउटे समुदाय अझै पनि मानविय सुचाङ्कमा कति हो कति पछि छन् । तर, बाह्य मानिससँगको भेटघाट बाक्लिदै जाँदा विस्तारै राउटे समुदायमा पनि परिर्वतन हुने निश्चित छ । सरकारले राउटे समुदायलाई आम मानिसकै दाँजोमा पुर्‍याउन विशेष नीति नै अवलम्बन गर्नु पर्ने देखिन्छ ।

आम मानिससँगको बाक्लिदो भेटघाटपछि राउटे समुदायले पनि विस्तारै वनभन्दा बाहिरिको दुनियाँ अनुभूत गर्न थालेका छन् । भौतिक शुखसुविधानबारे उनीहरु विस्तारै जानकार हुन थालेका छन् । तर, राउटे समुदायको जीवनयापनमा आमुल परिवर्तनका लागि शिक्षाको खाँचो छ । तर, बसोबासको दृष्टिले अझै पनि परम्परागत शैलीमा रहेका राउटे समुदायलाई शिक्षा, स्वास्थ्य र अन्य सेवा प्रदान गर्न त्यति सहज छैन । त्यसैले, राउटे समुदायलाई आम मानिसकै दाँजोमा पुर्‍याउन सबैभन्दा पहिले उनीहरुलाई निश्चित क्षेत्रमा बसोसा गर्न मन्जुर बनाइनु पर्छ । आम मासिन झै गाउँमा बसोबास गर्न नमाने उनीहरुलाई कुनै निश्चित वन क्षेत्रमै दिगो बसोबासका लागि पहल हुनु पर्छ । अनि मात्र उनीहरुको वृद्धि बिकासका लागि काम गर्न सहज हुनेछ ।

राउटे समुदायको विकासमा राज्यको पहल
मानव बिकासबारे सबै मानिसका आ–आफ्नै बुझाइहरु हुनसक्छन् । तर, मानव विकासमा सबैभन्दा ठूलो भूमिका शिक्षाको हुन्छ । आर्थिक सहायताले कुनै पनि समुदायको सर्वाङ्गीण बिकास हुन सक्दैन । तर, हाम्रो देशमा आर्थिक सहयता नै बिकासको आधार मानिन्छ । वर्षौ देखी वनमा रमाइरहेका राउटे समुदायको विकासका लागि भन्दै सरकारले आर्थिक सहायता प्रदान गर्छ । तर, राउटे समुदायको विकासका लागि पहिलो रचाणमा स्थायी बसोबास र शिक्षा अपरिहार्य छ । सरकारले केही वर्ष यता राउटे समुदायलाई मासिक भत्ता वितरण गर्दै आएको छ । तर, राउटे समुदायको सर्वाङ्गीण विकासका लागि कुनै योजना बनाएको छैन । बिना कुनै योजना सरकारले राउटे समुदायलाई आर्थिक सहायता गरिरहेको छ । तर, सरकारले वितरण गर्ने रकमले राउटे समुदायको विकासका लागि एकरथी पनि काम गरेको छैन ।

वासस्थान फेरी रहनुपर्ने राउटे समुदायको परम्परागत प्रचलन छ । त्यसैले, राउटे समुदाय वन छोडेर गाउँमा बसोबास गर्न मन्जुर छैनन् । यस्तो अवस्थामा राउटे समुदायको विकासका लागि काम गर्न त्यति सहज छैन । तर, सरकारले अझै पनि राउटे समुदायको विकासका लागि उचित योजना बनाउन सकेको छैन । आर्थिक वर्ष २०६५/०६६ देखि नेपाल सरकारले राउटे समुदायलाई लोपोन्मुख समुदायको सूचीमा राखेको छ ।

त्यसबेलादेखी राउटे समुदायलाई लोपोन्मुख भत्ता दिने गरिएको छ । नेपाल सरकारले अहिलेसम्म राउटे समुदायका लागि गरेको यो पहिलो काम हो । भत्ता दिने बाहेक अरु केही काम भने गर्न सकेको छैन । अहिले राउटे समुदायका प्रति व्यक्तिले मासिक २ हजार रुपैयाँ भत्ता पाउँदै आएका छन् । नियमित पत्ता पाउन थालेका राउटे समुदाय अहिले पनि भत्ता वृद्धि गर्नुपर्ने माग गर्छन् ।

सरकारले राउटे समुदायको बिकासका लागि भत्ता वितरण गर्दै आएको छ । तर, अशिक्षित राउटे समुदायका लागि सरकारले दिने भत्ता मरिदा सेवन गर्न बाहेक राम्रो काममा प्रयोग हुन सकेको छैन । राउटेहरुको बसोबास रहेको स्थानीय तहका जनप्रतिनिधि सरकारले उपलब्ध गराउने भत्ता खाद्य सामग्री खरिदमा सदुपयोग गर्न सुझाव दिएको बताउँछन् ।

राउटे समुदाय अधिक मदिर सेवन गर्छन् । सरकारले उपलब्ध गराउने मासिक भत्ता उनीहरुले मदिरा सेवमै खर्च गर्ने गरेका छन् । अशिक्षाकै कारण सरकारी भत्ताको सहि सदुपयोग गर्न राउटे समुदायले जानेका छैनन् । सरकारले राउटेलाई यसरी भत्ता दिनुको साटो बृहत कार्यक्रम मार्फत खाद्यान्न, औषधि ,रुची अनुसारका लत्ताकपडा, भाडाकुडाको निशुल्क बन्दोबस्त गर्नु नै राउटे समुदायको बिकासका लागि पहिलो कदम हुनसक्छ । सरकारले दिने भत्ताले राउटे समुदायमा बिकास भन्दा पनि विकृति भित्रिएको स्थानीय पत्रकार गोविन्देव भारती बताउँछन् ।

राउटे समुदायको विकासका लागि आर्थिक सहया त्यति व्यवहारीक देखिएको छैन । अशिक्षाकै कारण राउटे जातिको जीवनयापन संकटमा गुज्रिरहेको छ । कम उमेरमै विवहा गरेर बालबच्चा जन्माउनु पर्ने भएकाले वर्षेनी राउटे महिलाहरुले अकालमै ज्यान गुमाउन पर्छ । पोषणयुक्त खानाको अभावमा प्रायजसा बालबालिका कुपोषणको सिकार बनेका छन् । सरकारले स्वास्थ्य क्षेत्रमा ठूलो धनरासी खर्च गरेको छ । तर, राउटे समुदायमा सरकारको स्वास्थ्य कार्यक्रम अझै पुग्न सकेको छैन । यसरी यो आधुनिक युगमा पनि राउटे समुदायको जीवनयापन संकटमा गुज्रिरहेको छ । त्यसैले, सरकारले वितरण गरेको भत्ताले राउटे समुदायको विकास हुन सक्दैन ।

हाम्रो देशमा विकासको अवधारणा नै गलत छ । आर्थिक सहायताकै भरमा कुनै समुदायको विकास हुन्छ भन्ने सोच राख्नुले नै विकास सम्बन्धी गलत अवधारणा हो । राउटे समुदायलाई वितरण गरिने भत्ता र उनीहरुले गर्ने दुरुपयोगले नै यो कुराको पुष्टी पर्छ । हो, राउटे समुदायलाई आर्थिक सहयोग पनि गर्नु पर्छ । तर, सरकारले प्रदान गर्ने पत्ताको सदुपयोग कसरी गर्ने भनेर उनीहलाई पहिले नै जानकार बनाइनु पर्छ । तर, अहिलेसम्म सरकारले राउटे समुदायलाई मासिक भत्ता प्रदान गर्ने बाहेक केही काम गर्न सकेको छैन् । त्यसैले, सरकारले मासिक रुपमा राउटे समुदायलाई वितरण गर्दै आएको भत्ता रकम बालुवामा पानी जस्तै बनेको छ । यदी, राउटे समुदायलाई पनि आम मानिसकै दाँजोमा पुर्‍याउने हो भने सबै भन्दा पहिलो उनीहरुलाई शिक्षा प्रदान गरिनुपर्छ । अनि मात्र राउटे समुदायको बिकास सम्भव छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नागरिकता विधेयक फिर्ता लिएर नयाँ पेस गरिँदै

काठमाडौं, २३ असार ।  काठमाडौँ । लामो समयदेखि विवादमा परेर अघि बढन नसकेको नागरिकता विधेयक अन्ततः सरकारले आज फिर्ता लिने भएको छ ।गत मन्त्रिपरिषद्को बैठकको

बाजुराको बूढीगंगा नगरपालिकामा मतदान सुरू

काठमाडौं, २३ असार । बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न आज मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई

नेपाल प्रहरीले सुपारी भारत पठाउन खोज्दा सशस्त्रले रोकेपछि झडप

झापा, २३ असार ।झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको छ। झापाको मेचीनगर नगरपालिका स्थित काँकडभित्तामा नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको

सम्बन्धित

बाजुराको बूढीगंगा नगरपालिकामा मतदान सुरू

नेपाल प्रहरीले सुपारी भारत पठाउन खोज्दा सशस्त्रले रोकेपछि झडप

आज यी ठाउँमा पानी पर्न सक्ने, बाढीपहिरोबाट सतर्क रहन अनुरोध

बुढीगंगामा आज पुनः मतदान हुँदै :मतदानस्थलपिच्छे एक सय जनाभन्दा बढी सुरक्षाकर्मी

दुई दिनदेखि रोकिएको माओवादी बैठक आज

चन्द्रागिरी केबलकारमा गम्भीर समस्या, यसरी भयो साढे ५ घण्टामा ६ सय जनाको उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...