ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतियोगिताको उपाधि जित्दै ट्रफी घरमै राख्ने लक्ष्यमा नेपाली टिम


एबीसी न्यूज



काठमाडौँ, ५ चैत । साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बुधबार नेपाल र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् ।विराटनगरको शहीद रंगशालामा हुने सेमिफाइनल दिउँसो एघार बजे हुनेछ । सेमिफाइनल जितेर फाइनलमा पुग्ने लक्ष्यकासाथ बुधबार मैदानमा उत्रिने नेपाली टिमका प्रशिक्षक हरि खड्का र कप्तान निरु थापाले बताएका छन् । प्रतियोगिताको चार संस्करण सकिँदासम्म नेपाल तीन पटक उपविजेतामा सीमित भएको छ भने एक पटक सेमिफाइनलमा पराजित भएको थियो ।

घरेलु मैदानमा भइरहेको प्रतियोगिताको उपाधि जित्दै ट्रफी घरमै राख्ने लक्ष्यमा नेपाली टिम छ । प्रशिक्षक हरि खड्काले श्रीलंकाविरुद्धको फाइनलका लागि नेपाली टिम शारिरीक र मानसिक दुवै रुपमा तयार रहेको प्रतिक्रिया दिए ।

‘विपक्षीलाई कहिले पनि कमजोर मान्न त हुँदैन । तर प्रतियोगितालाई हेर्दा हामी अलि बलियो देखिएका छौं,’ प्रशिक्षक खड्काले विपक्षीलाई सम्मान गरेर अभ्यासका क्रममा सिकेका कुराहरुलाई अवलम्बन गर्ने प्रतिक्रिया दिए । ‘यो प्रतियोगितामा हामी पनि दाबेदारका रुपमा छौं । मेरो विचारमा बुधबार श्रीलंकाले डिफेन्सिभलाई जोड दिएर काउन्टर एट्याकमा खेल्छ जस्तो लाग्छ,’ श्रीलंकाको डिफेन्सिभ सेटलाई तोडेर जित निकाल्ने लक्ष्य प्रशिक्षक खड्काले सुनाए ।

बिहानको एघार बजे हुने भएकाले विराटनगरको अत्याधिक गर्मीले दुबै टिमलाई केही असहज भने पक्कै हुनेछ । तर गर्मीले कुनै प्रभाव नपार्ने प्रशिक्षकको भनाई छ,‘यो हाम्रो देश हो, हाम्रो मातृभूमि हो । हामी ठूलो मिसन लिएर हिँडेका छौं, मौसमले हामीलाई फरक पार्ने छैन ।’ प्रशिक्षक खड्काले खेलाडीहरु सबै फिट रहेको र एट्याकिङ फुटबल खेल्ने प्रतिक्रिया दिए,‘उपाधि जित्ने लक्ष्य लिएर आएका छौं, सेमिफाइनल पक्कै जित्छौं ।

हाम्रो हतियार स्ट्राइकिङ लाइन हो । कप्तान निरु थापाले भने नेपाली टिम डिफेन्स, मिडफिल्ड र एट्याकिङ सबै पक्षमा राम्रो रहेको प्रतिक्रिया दिइन् । तर पनि मेहनत गर्नु पर्ने कप्तान थापाको भनाई छ । ‘पहिलाको तुलनामा श्रीलंका अहिले राम्रो भएर आएको छ । उनीहरुभन्दा हाम्रो टिम राम्रो छ,’ कप्तान थापाले थपिन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेको छ : अध्यक्ष प्रचण्ड (भिडियोसहित)

माओवादीको दोस्रो चरणको जागरण अभियान पाटनबाट सुरु

सम्बन्धित

आईपीएल: दिल्ली क्यापिटल्स टोलीमा ठूलो परिवर्तन

१९ वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दै

आईपीएलका बाँकी खेल जेठ ३ गतेदेखि सुरु हुने, २० गते फाइनल

महिला टी–२० विश्वकप एसिया छनोट : नेपालले बहराइनलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाता चेन्नईसँग पराजित

आईपीएल क्रिकेटमा दिल्ली र हैदरबादको खेल वर्षाका कारण रद्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com