ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली चित्रकला सिक्दै चिनियाँ कलाकार


admin

g]k

काठमाडौं,२ चैत ।  नेपाली कला, संस्कृति र प्रकृतिमा नलोभिने पर्यटक सायदै होलान् । मन्दिरै–मन्दिरको शहरका रुपमा परिचित उपत्यका काठमाडौँ घुम्ने चाहना विदेशी पर्यटकको हुन्छ । काठमाडौँ घुम्नै पर्ने शहरको सूचीमा समेत परेको छ । 

प्यागोडा शैली र कुँदिएका टुँडाल तथा आकर्षक भौतिक संरचनाले विदेशी नागरिकको मन छुन्छ । नेपालको पशुपतिनाथ, स्वयम्भू, दरबार स्क्वायर, हिम शृङ्खला, पहाडी प्रकृति र संस्कृति, विश्व शान्तिका प्रतीक भगवान् गौतमबुद्धको जन्मथलो लुम्बिनी, पर्यटकीय क्षेत्र कास्की, चितवनलगायत ठाउँमा पर्यटक घुमेर रमाउँछन् । 

यसरी नेपाली कला र संस्कृतिमा रमाउने मध्यका एक हुनुहुन्छ चिनियाँ चित्रकार सी यिछी । नेपाली चित्रकला र कलाकारको चित्रकारितामा लोभिनुभएका चीनको सान्दोङ निवासी सी यिछी त्यहाँको चित्रकलाका शिक्षक हुनुहुन्छ । “नेपाली कला र संस्कृति साह्रै राम्रो, ललितपुरको पाटनस्थित दरबार स्क्वायरमा चित्रकला सिक्दै गर्नु भएका ‘सी’ले संक्षिप्त प्रतिक्रिया दिनुभयो । 

उहाँलाई अङ्ग्रेजी र नेपाली दुवै भाषा आउँदैन । कसैसँग कुरा गर्नुपर्दा मोबाइलमा भएको सफ्वेयरमा चिनियाँ भाषा टाइप गर्नुहुन्छ । त्यसलाई अङ्ग्रेजीमा रुपान्तरण गरेर कुराकानी गर्नुहुन्छ । एक हप्ता अघिदेखिको उहाँको दिनचर्या यसैगरी बितिरहेको छ । उहाँलाई सहयोग गरिरहनुभएको छ, नेपाली चित्रकार एनवी गुरुङले । 

“मलाई गुरुङले जल रङबाट बनाएको चित्र औधी मन पर्छ, उहाँ एक अन्तर्राष्ट्रिय आर्ट मास्टर नै हो, म आर्ट टिचर भए पनि उहाँको त्यो कला सिक्न चाहन्छु”, उहाँले चिनियाँ भाषामा पठाएको मोबाइल सन्देश भन्नुभयो । नेपाली कला संस्कृति र भौतिक संरचनासँगै आकर्षक रहेको र यहाँका सर्वसाधारण सबै इमान्दार र सहयोगी लागेको भन्दै उहाँले यस्तो भएपछि नेपालमा पर्यटक आउन चाहने प्रतिक्रियासमेत दिनुभयो । 

चीनमा कलाकार धेरै भए पनि चित्रकारिताको शैली एकै खालको रहेको उल्लेख गर्दै ‘सी’ले नेपाली कलाकारको शैली फरक लागेर सिक्न आएको बताउनुभयो । विगत पाँच महीनादेखि नेपाली चित्रकार गुरुङसँग वि च्याटमा सम्पर्क भएको थियो । “त्यसपछि उहाँ नियमित मलाई फलो गर्नु थाल्नुभयो, खै कसरी हो मेरो चित्रकलाले उहाँको ध्यान तान्यो, अनि सिक्नका लागि आउनुभयो”, चित्रकार गुरुङले भन्नुभयो । उहाँले आफूले जानेका सबै सीप ‘सी’लाई सिकाइरहनुभएको छ । 

नेपालका मौलिक, पुरातात्विक र ऐतिहासिक महत्वका क्षेत्रमा पुगेर ‘सी’ले स्थलगत रुपमा चित्र बनाएरै नेपाली चित्रकला सिकिरहनुभएको छ । सोही सिलसिलामा उहाँ आज पोखरा पुग्नुभएको छ । चीनमा उहाँ बढी तेल रङमा काम गर्नुहुन्छ तर जल रङमा समेत उहाँले चित्र बनाउँदै आउनुभएको छ । अहिले उहाँले जल रङको प्रयोग गरी नेपाली शैलीबाट मुहार चित्र र दृष्य चित्र सिकिरहनुभएको छ । 

अन्तर्राष्ट्रिय जल रङ समाज नेपालका अध्यक्ष एनवी गुरुङ भन्नुहुन्छ, “प्रस्तुतीकरण महत्वपूर्ण कुरा हुन्छ, के मा केन्द्रित गर्ने त्यसमा भर पर्छ, टाढा हुँदा आकाश रङसँग मिलाउँदै पातलो पारेर जानुपर्छ, नजिक हुँदा ठूलो र गाढा बनाउँदै ल्याउनुपर्छ, लाइनको दुरान्तरका आधारमा सिद्धान्तमा रहेर चित्र कोर्नुपर्छ ।” 

सअघि भारतका १५ कलाकार आएर नेपाली कला र संस्कृतिका चित्र क्यानभासमा उतारेका थिए । उनीहरुलाई त्रिकोणात्मक प्यागोडा शैलीका संरचनाले लोभ्याएको थियो । केही महिना अघि अन्तर्राष्ट्रिय जल रङ महोत्सवमा आएका सात देशका चित्रकारहरुले समेत नेपाली कला र संस्कृतिको खुलेर प्रशंसा गरेका थिए । उनीहरुमार्फत कलाको माध्यामबाट पनि नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विस्वास कलाकारहरुको छ । चित्रकारिताका लागि महिनै पिच्छे विदेशी चित्रकारहरु नेपाल आउने गरेका कलाकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com