ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिञ्जा सभ्यता गुरुयोजना अलपत्र, ऐतिहासिक पर्यटकीयस्थल सङ्कटमा


admin

खलङ्गा,२ चैत । नेपाली भाषाको जन्मथलो जुम्लाको सिञ्जा सभ्यताको क्षेत्रलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि तयार पारिएको गुरुयोजनालाई बेवास्ता गरिएको स्थानीयले गुनासो गरेका छन् । 

जुम्ला सामाजिक विकास केन्द्रले प्रस्तावमा ल्याइएको १० वर्षे गुरु योजनालाई बेवास्ता गरिएको कनकासुन्दरी गाउँपालिका–४ का भक्तबहादुर बोगटीले बताउनुभयो । सिञ्जा क्षेत्रको विकासको लागि जुम्ला सामाजिक विकास केन्द्रले २०६५ सालमा गुरु योजना बनाएको थियो । 

योजनामा सिञ्जा क्षेत्रमा चार लेन सडक निर्माण, तटबन्ध निर्माण, ओझेलमा परेका मठमन्दिर व्यवस्थित गर्ने, सङ्ग्रहालय निर्माण, स्नातकोत्तर अध्ययन गर्ने कलेज स्थापना, पर्यटक, बिरामी भएमा औषधि उपचारका लागि अस्पताल निर्माण, सर्पदंशको उपचार सेवा सञ्चालन गर्ने, मठमन्दिरको संरक्षण गर्ने, पशु चौपायाको संरक्षणस्थल निर्माण लगायतका विषय उल्लेख गरेको बोगटीले बताउनुभयो । 

मन्त्रालय र सम्बन्धित कार्यालयमा डेलिकेशन गएको र साविकको जिल्ला विकास समितिले समेत १० वर्षे योजना पारित गरिसक्दा पनि चासो नदिइएको जुम्ला सामाजिक विकास केन्द्रका अध्यक्ष तथा कनकासुन्दरी गाउँपालिका–४ का बोगटीले उक्त गुरुयोजनालाई तत्काल कार्यान्वयनमा नलगे जिल्लालाई घाटा हुने उहाँको भनाइ छ । सिञ्जा क्षेत्र धार्मिक एवं पर्यटकीय महत्व बोकेको क्षेत्र हो । 

त्यहाँ कनकासुन्दरी मन्दिर, बिराट दरबार, पाण्डफ गुफाको गरुड नुहाउनी मन्दिर, वाणगङ्गा मन्दिर, पवित्र तीर्थस्थल मानिन्छ । छरिएका बेवारिसे अवस्थाका ढुङ्गे खम्बा, देवल, मुग्राहा, प्राचीन बस्तीका भग्नावशेष देख्दा उनको मन बहकिन्छ । 

सिञ्जाका प्रमुख पर्यटकीयस्थल पाण्डवगुफा, बिराट दरबार, कनकासुन्दरी मन्दिरलगायत अहिले बेवारिसे अवस्थामा छन् । बिराट दरबारको भग्नावशेष मात्रै भेटिन्छ । सिञ्जामा बोलिने भाषा, त्यहाँको सभ्यता, त्यहाँका पर्यटकीयस्थल, धार्मिक स्थल, पुराना दरबार सङ्कटमा पर्दै गएका छन् । 

सिञ्जा क्षेत्रमा अहिले जम्मा तीन स्थानीय तह रहेका छन् । स्थानीय तहले सिञ्जाको खस भाषा विद्यालयस्तर तहमा खस भाषाको पाठ्यक्रम पनि तयार पार्न लागि परेको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो । 

कनकासुन्दरी गाउँपालिकाले सिञ्जा सभ्यताबारे पाँच वर्ष रणनीतिको बजेट पारित भएकाले यहाँका पम्परागत सामाजिक रहनसहन वारे केन्द्रदेखि स्थानीयस्तरसम्म सिञ्जा सभ्यताको खाका तयार पारिने अध्यक्ष नरबहादुर रावतले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com