ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलकूद विकासमा विभागीय टोलीको योगदान उल्लेखनीय


admin

काठमाडौं,२ चैत । नेपालको खेलकूद क्षेत्रको विकासका लागि विभागीय टोलीहरुको भूमिका र योगदान महत्वपूर्ण रहेको एक प्रतिवेदनले औँल्याएको छ ।

प्रतिनधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित युवा तथा खेलकूद उपसमितिले तयार पारेको प्रतिवेदनमा नेपाली सेनाकोे त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले नेपाली खेलकूदको क्षेत्रमा विशेष योगदान पु¥याएको जनाइएको छ । 

प्रतिवेदनमा नेपाली सेनाले आफ्नो प्रमुख जिम्मेवारीको अलवा देशको खेलकूद क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान दिँदै आइरहेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका विभिन्न विधाहरु एथ्लेटिक्स, बक्सिङ, पौडी, तेक्वान्दो, भलिबल, फुटबल, जुडो, कराते, भारोत्तोलन लगायतका खेलमा राष्ट्र तथा नेपाली सेनाको प्रतिनिधित्व गरी उत्कृष्ट खेलकूद प्रदर्शन गर्दै आइरहेको जनाइएको छ । 

सेनाले आन्तरिक स्रोत साधन र न्यूनतम पूर्वाधारको आधारमा समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि करीब सात प्रतिशत खेलाडी उपलब्ध गराउँदै आएको छ । हालसम्म नेपाली सेनाका खेलाडीले खेलकूदका विभिन्न विधामा गरी ९५ वटा अन्तर्राष्ट्रिय पदक जित्न सफल भएका छन् । 

नेपाली सेनामा खेलकूदको संस्थागत विकास गर्दै लैजाने अभिप्रायले २०४६ सालमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब स्थापना भएको हो । हाल यस क्लबमा ३१ विधाका खेलको प्रशिक्षण लगनखेल र सिंहदरबारमा गरी दुई स्थानमा हुने गरेको छ । नेपाल प्रहरीले आफ्नो स्थापना कालदेखि नै खेलकूदलाई आफ्नो अभिन्न अङ्गको रुपमा अंगिकार गर्दै आएको छ । 

सर्वप्रथम २००८ सालमा नेपाल प्रहरीको फुटबल टिम गठन भएको पाइन्छ । आन्तरिक खेलकूदको विकास गर्ने उद्देश्यले २०२३ सालमा महेन्द्र पुलिस क्लबको स्थापना भएको हो । नेपाल प्रहरी सङ्गठनमा खेलकूद गतिविधि अझ वढी स्तरीय र प्रभावकारी बनाउन २०३० सालमा नेपाल प्रहरी केन्द्रीय खेलकूद समितिको गठन भएको पाइन्छ । 

नेपाल प्रहरीका खेलाडीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइ राष्ट्रको खेल विकास र सङ्गठनको मान प्रतिष्ठामा समेत अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याउँदै आएका छन् । विगतको इतिहास हेर्ने हो भने नेपाल प्रहरीले नेपाल राष्ट्रको सम्पूर्ण खेलको झण्डै ३३ प्रतिशत खेल क्षेत्र ओगटेको अध्ययनका क्रममा पाइएको उपसमितिका सदस्य गजेन्द्रबहादुर महत बताउनुहुन्छ । 

विसं २०६१ देखि नेपाल एपिएफ क्लबको स्थापना भई खेलकूदको क्षेत्रमा क्रियाशील रहँदै आइरहेको छ । यस क्लबबाट विभिन्न खेलहरूमा राष्ट्रियस्तरका खेलाडीहरू उत्पादन गर्ने, विभिन्न राष्ट्रिय प्रतियोगितामा सहभागी हुने र अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत यस क्लबका खेलाडीहरु राष्ट्रिय टीममा छनोट भै सहभागिता जनाउँदै आएका छन् । 

अन्य खेलाडीका तुलनामा विभागीय टोलीको प्रदर्शन राम्रो हुनुमा पर्याप्त खेल मैदान, आर्थिक रुपमा थोरै भए पनि सबल र खुराक रहेको बताउनुहुन्छ समितिका सदस्य सरेशकुमार राई । “विभागीय टोलीसँग पूर्वाधार, प्रशिक्षण लगायतको सहज पर्याप्तताका कारण प्रदर्शमा राम्रो नतिजा ल्याइरहेको छन्, विभागीय टोली नहुने हो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता अहिलेको भन्दा निकै कमजोर हुने हामीले अध्ययनबाट पाएका छौँ ।” 

समितिको गत मङ्सिर २ को बैठकले समितिको क्षेत्राधिकार अन्र्तगतका मन्त्रालयका अनुगमनलाई व्यवस्थित र प्रभावकारी रूपममा अगाडि बढाउन अध्ययन गरी प्रतिवेदन पेश गर्ने गरी जीवनराम श्रेष्ठ संयोजक तथा गजेन्द्रबहादुर महत, दुलारीदेवी खत्वेनी, तिलबहादुर महत क्षेत्री, रेखाकुमारी झा, सन्तकुमार थारु र सरेशकुमार राई सदस्य रहेको सात सदस्यीय युवा तथा खेलकूद उपसमिति गठन गरेको थियो । 

समितिले दुई महीना लगाएर तयार गरेको प्रतिवेदनमा नेपाली खेलकूदका समस्या समाधानका उपाय, खेलकूदको पूर्वाधार विकासको आधारलगायत विषयमा सरकारलाई महत्वपूर्ण सुझाव दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसदबाट स्वत:निलम्बित भए बस्नेत

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सम्बन्धित

आईपीएल: दिल्ली क्यापिटल्स टोलीमा ठूलो परिवर्तन

१९ वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दै

आईपीएलका बाँकी खेल जेठ ३ गतेदेखि सुरु हुने, २० गते फाइनल

महिला टी–२० विश्वकप एसिया छनोट : नेपालले बहराइनलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाता चेन्नईसँग पराजित

आईपीएल क्रिकेटमा दिल्ली र हैदरबादको खेल वर्षाका कारण रद्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com