ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष


admin

रुपन्देही, २ चैत ।  पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश नं ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउन तयारी थालेको छ । मन्त्रिपरिषद्ले कार्यक्रम स्वीकृत गरेपछि भ्रमण वर्षको तयारी शुरु गरिएको हो ।

यस क्षेत्रको धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थानको पहिचान, संरक्षण, संवद्र्धन तथा व्यवस्थापनमा टेवा पु¥याउनका लागि प्रदेश सरकारले आगामी वर्षलाई भ्रमण वर्षको घोषणा गरेको थियो । 

वैशाखको बुद्ध पूर्णिमाका दिन उद्घाटन गरी भ्रमण वर्षको आरम्भ हुने छ । कार्यक्रमका लागि रूपन्देही, नवलपरासी र कपिलवस्तुका स्थानीय तह र जिल्ला समन्वय समितिसँग समन्वय गरिएको मन्त्रालयले जनाएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार भ्रमण वर्षका क्रममा लुम्बिनी बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देबदह, रामग्राम, अरौराकोट, सगरहवा, सिसहनिया, अनोमा नदीलगायतका क्षेत्रलाई समेटेर विभिन्न कार्यक्रम गरिने छ । 

भ्रमण वषर््ाका क्रममा मायादेवी प्रसुतिमार्ग घोषणा एवं प्रसुति उत्सव गर्ने कार्यक्रम छ । यस्तै लुम्बिनी फुड फेस्टिबल, सुजाता खिर उत्सव, मायादेवी मन्दिर परिषरमा दैनिक दिप प्रज्वलन, मासिक ‘फुल मुन डे’ उत्सव, धार्मिक यात्रा÷त्रिपिटक बाचन, पूजाआज योग तथा ध्यान शिविर, सडक प्रदर्शनीको आयोजना गरिने छ । 

बुद्धबारेको सडक प्रदर्शनी बुद्ध सर्किट, लुम्बिनी प्रवेश नाकाको सरसफाइ, निबन्ध लेखन, साहित्य प्रतियोगिता आयोजना गरिने छ । यसैगरी विश्वशान्ति सुमधुर साँझ, पर्यटक गाइड तथा स्वयमसेवक तालीम, लुम्बिनी पिस म्याराथन लगायतका कार्यक्रम गर्ने योजना बनाइएको छ ।

भ्रमण वर्ष अवधिभर विभिन्न कार्यक्रम गरी लुम्बिनीमा पर्यटकको सङ्ख्या बढाउने योजना पर्यटन मन्त्रालयको छ । बुद्धसँग सम्बन्धित सडक प्रदर्शनी नेपालका सातवटै प्रदेशमा र पर्यटन व्यवसायीसँगको सहकार्यमा बुद्धको महिमा रहेको भारतका कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा पनि प्रदर्शन गरिने कार्यक्रम छ । 

कार्यक्रमका लागि पर्यटन मन्त्रालयले रु चार करोड १९ लाख ६० हजार बजेट व्यवस्थापन गरेको जनाएको छ । पर्यटन मन्त्रालयले प्रस्ताव गरेको बजेट मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्दै आर्थिक मामिला मन्त्रालयबाट रकमान्तर गरेर व्यवस्थापन गर्ने निर्णय छ । प्रदेश नं ५ सरकारका प्रवक्ता वैजनाथ चौधरीले छुट्याइएको बजेटमध्ये रु दुई करोड २७ लाख ९० हजार चालू आर्थिक वर्षमै खर्च हुने बताउनुभयो । 

प्रदेश ५ को समृद्धिको आधार पर्यटन भएकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ । लुम्बिनी भ्रमण वर्षले अन्तर्राष्ट्रय जगतमा लुम्बिनीको प्रचारप्रसार हुने र र आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नुका साथै पर्यटकको बसाइसमेत लम्बिने प्रदेश सरकारको विश्वास छ । 

बुद्ध जन्मस्थल र बुद्ध पथसँग सम्बन्धित क्षेत्रको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि भ्रमण वर्ष मनाउन थालिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता जीवन पाण्डेले बताउनुभयो । मन्त्रालयका सचिव धनञ्जय पौडेलले भ्रमण वर्ष पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिका लागि प्रचारप्रसारमा महत्वपूर्ण साबित हुने बताउनुभयो । 

लुम्बिनी भ्रमण वर्षले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई समेत सघाउ पु¥याउने सचिव पौडेलको विश्वास छ । लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र संवद्र्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पु¥याउने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको मन्त्री लिला गिरीले बताउनुभयो । 

भ्रमण वर्ष सफल बनाउन मुख्यमन्त्री शङ्कर पोखरेलको संयोजकत्वमा ७१ सदस्यीय मूल समिति र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री गिरीको संयोजकत्वमा १३ सदस्यीय कार्यकारी समिति गठन गर्ने तयारी गरिएको छ । पर्यटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रूपमा मनाउन प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरको थियो । वैशाख पूर्णिमाबाट आरम्भ हुने भ्रमण वर्ष चैत्र पूर्णिमामा समापन हुनेछ । 

विश्वशान्तिको प्रतीक लुम्बिनीमा लुम्बिनी क्षेत्र बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण क्षेत्र भएकाले विश्वका ८७ देशका पर्यटक वर्षेनी भ्रमण गर्न आउँछन् । लुम्बिनी विकास कोषको पछिल्लो तथ्याङ्कअनुसार लुम्बिनीमा सरदर वार्षिक १२ लाख ५० हजार नेपाली, एक लाख ६१ हजार भारतीय र एक लाख ५१ हजार अन्य मुलुकका पर्यटक आउँछन् । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ सतुङ्गलको व्यापारिक कम्प्लेक्समा आगलागी

सम्बन्धित

पानीजहाज विधेयकमा छलफल गर्दै संसदीय समिति, ‘तोकिए बमोजिम’ शब्दले हैरान

अमेरिकाको व्यापार नीतिका कारण जर्मनीको अर्थतन्त्रमा गिरावट

एमआरपी लागू गर्न सहज नभएको व्यापारीहरुको भनाइ

चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा

मणिपुरमा मुठभेड हुँदा १० उग्रवादी मारिएको भारतीय सेनाको दाबी

आज रुस र युक्रेनबीच टर्कीमा वार्ता हुने तर पुटिन सहभागी नहुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com