ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यान्सर अस्पतालमा पूर्वाधार छ, जनशक्ति छैन


admin


बाँके, २ चैत । गत असार ११ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आवश्यक उपकरण र विशेषज्ञ डाक्टरको व्यवस्थापन हुन सकेको छैन । खजुरामा रहेको अत्याधुनिक प्रविधिसहितको अस्पतालका लागि आवश्यक पर्ने पर्याप्त पूर्वाधार भने तयार भइसकेको छन् ।

अत्याधुनिक प्रविधिसहितका विभिन्न संरचना निर्माण भए पनि अस्पतालमा क्यान्सर विशषज्ञको क्यान्सर उपचारमा प्रयोग हुने महत्वपूर्ण प्रविधि रेडियसन सेटअप हुन सकेको छैन । 

सञ्चालनमा आएको लामो समय बिति सक्दासमेत अस्पतालमा आवश्यक जनशक्ति नहुँदा बिरामीलाई समस्या भएको छ । पश्चिम तराईको एकमात्र क्यान्सर अस्पताल भएका कारण उपचारका लागि आउने बिरामीको चाप बढ्दै गएपनि विशेषज्ञ चिकित्सक र क्यान्सर पत्ता लगाउने प्रविधि अभावका कारण अस्पतालमा आउने बिरामीलाई क्यान्सर पहिचानका लागि अन्यत्र पठाउने गरिएको छ । १०० बेडको स्वीकृति पाएको उक्त अस्पतालमा ३० जना विशेषज्ञ डाक्टरसहित २०० बढी जनशक्तिको आवश्यकता पर्दछ । 

अस्पतालमा हाल साधारण फलोअपमा आउने बिरामीलाई परामर्श, माइनर बायोप्सी, ओपिडी, एक्सरे, सामान्य प्याथोलोजी, फार्मेसी, केमोथेरापी लगायतका सेवा सञ्चालनमा आएपनि आवश्यक जनशक्ति पदपूर्ति नहुँदा क्यान्सर रोग पत्ता लगाउने मुख्य सेवा भने सञ्चालनमा आउन नसकेको अस्पतालका कार्यकारी निर्देशक विश्वराम पौडेलले बताउनुभयो । 

अस्पतालमा हाल दुई जना मात्र विशषज्ञ चिकित्सक, एक–एक जना फिजिसियन र सर्जन र करारका अन्य कर्मचारीसहित ४५ जनाले सेवा दिइरहेका छन् । अस्पताललाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि सरकारले ढिलाइ गर्दा अस्पतालको सेवा प्रवाह हुन नसकेको अस्पताल स्रोतले जनाएको छ । जनशक्ति स्वीकृत भएर व्यवस्थापन भए पूर्णरुपमा सेवा दिन सक्ने अस्पतालले जनाएको छ । 

क्यान्सरमा सर्जरी, केमोथेरापी र रेडियसन थेरापी गरी तीन प्रकारको थेरापी गर्नुपर्छ । त्यस्तै क्यान्सर रोग पत्ता लगाउन रगत जाँचका माध्यमबाट गरिने एफएनएसी र मासु काटेर जाँच्ने विधि बायोप्सी गरेर रोग पत्ता लगाएपछि क्यान्सरको स्टेज थाहा हुने र त्यसपछि केमोथेरापी र रेडियसन गर्नुपर्नेमा जनशक्तिका साथै आवश्यक विभिन्न मेसिनरी सामग्री खरीद नहुँदा समस्या भएको अस्पतालका कार्यकारी निर्देशक पौडेलले बताउनुभयो । 

अस्पताललाई आवश्यक पर्ने कर्मचारी दरबन्दीलगायत अन्य अत्यावश्यक सामग्रीका लागि पटक–पटक मन्त्रालय र विभागमा अनुरोध गरेपनि कुनै सुनुवाइ नभएको अस्पताल प्रशासनले जनाएको छ । “दरबन्दी स्वीकृत गरिदिन ६ महीनादेखि मन्त्रालयलाई पत्र पठाउनुका साथै आफैँ पुगेर भेटेरै अनुरोध गरिरहेका छौँ ।”, कार्यकारी निर्देशक पौडेलले भन्नुभयो, “अहिलेसम्म दरबन्दी पाउन नसक्दा बिरामीलाई सेवा दिन गाह्रो भएको छ ।” 

कार्यकारी निर्देशक पौडेलका अनुसार हाल अस्पताललाई आवश्यक पर्ने मुख्य रेडियसन सेटअप हुन सकेको छैन । रेडियसन सेटअप नहुँदासम्म क्यान्सरसम्बन्धी सेवा पूर्ण हुँदैन । रेडियसन मेसिन खरीद गर्न करीब ३० करोड बजेट आवश्यक पर्दछ । हाल अस्पतालले चालू आर्थिक वर्षको १७ करोड बजेटबाट सिटी स्क्यान, म्यामोग्राम, ल्याप्रोसकोपी, इन्डोसकोपी र सिस्टोस्कोपी लगायतका उपकरण खरीदका लागि टेन्डर प्रकृयामा रहेको उहाँले जानकारी दिनुभयो । 

जनशक्ति अभावमा हाल ६० बेडबाट सेवा शुरु गरेको अस्पतालमा अहिले दैनिक २० देखि ३० जना बिरामीहरुले सेवा लिइरहेका छन् । दुई सातायता केमोथेरापी सेवा पनि शुरु भएको छ । तर, यी सेवा सञ्चालनमा आएपनि मुख्य सेवा यहाँबाट उपलब्ध नहुँदा समस्या भएको श्रीमतीको उपचारका लागि सल्यानबाट आएका ईन्द्र गिरीले बताउनुभयो । 

अस्पतालमा जनशक्ति र बजेटको अभाव भएकाले पूर्ण रुपमा सेवा सञ्चालन हुन नसकेको अस्पतालका संस्थापक अध्यक्ष एवं खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो । “मन्त्रालय र विभागमा पटक–पटक आग्रह गरेपनि कार्यान्वयन हुन सकेको छैन ।”

, उहाँले भन्नुभयो, “कर्मचारी समायोजनपछि दरबन्दी स्वीकृत हुने जानकारी पाइएको छ ।” एक दशकअघि प्रखर परोपकार मिसनले क्यान्सर अस्पताल सञ्चालनका लागि धनधान्यञ्चल ज्ञान महायज्ञबाट सङ्कलित पाँच करोड २६ लाख र संस्थाको रु तीन करोड २६ लाखमा नेपाल क्यान्सर अस्पतालको नाममा पूर्वाधार निर्माणका काम थालेको थियो । 

सरकारको ०७३ फागुन १५ को मन्त्रिपरिषद् बैठकले गठन आदेश जारी गरी संस्थाको जग्गा, भवन र सम्पूर्ण सम्पत्ति आफ्नो स्वामित्वमा लिएर सञ्चालन गर्ने निर्णय गरेपछि करीब २७ करोड बजेट विनियोजन गरेर अस्पतालको काम अघि बढेको हो । केही समयअघि सरकारले सङ्घीय सरकार मातहतबाट अस्पताललाई हटाएर प्रदेश सरकार मातहतमा राखेको थियो । 

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विरोध थालेपछि सरकारले पुनः सङ्घीय सरकारमा राख्ने निर्णय गरेको थियो । सरकारीस्तरबाट सञ्चालित राजधानीबाहिर भरतपुरपछि यो अस्पताल दोस्रो हो ।

राजधानीका तीन ठूला अस्पतालपछिको अत्याधुनिक सुविधा सम्पन्न अस्पताल भएका कारण प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिमका बिरामीलाई भरतपुर क्यान्सर हस्पिटललगायत काठमाडौँ र भारतको लखनउ जानुपर्ने बाध्यता अन्त्य हुने भएकाले आवश्यक दरबन्दी अनुसारका डाक्टरलगायत रेडियसन सेटअप गरी पूर्ण सेवा सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ सतुङ्गलको व्यापारिक कम्प्लेक्समा आगलागी

सम्बन्धित

पानीजहाज विधेयकमा छलफल गर्दै संसदीय समिति, ‘तोकिए बमोजिम’ शब्दले हैरान

अमेरिकाको व्यापार नीतिका कारण जर्मनीको अर्थतन्त्रमा गिरावट

एमआरपी लागू गर्न सहज नभएको व्यापारीहरुको भनाइ

चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा

मणिपुरमा मुठभेड हुँदा १० उग्रवादी मारिएको भारतीय सेनाको दाबी

आज रुस र युक्रेनबीच टर्कीमा वार्ता हुने तर पुटिन सहभागी नहुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com