ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूमध्यसागरमा ४५ जना आप्रवासी डुबेकाे आशंका


admin
चैत्र १, २०७५ शुक्रबार  ४ : ५३ बजे

एजेन्सी,१ चैत । डुङ्गा चढेर भूमध्यसागर पार गरेर स्पेनतर्फ जान लागेका ४५ जना आप्रवासीहरुको डुबेर मृत्यु भएको एउटा स्पेनी मानव अधिकारवादी संस्थाले जनाएको छ । मोरक्कोका अधिकारीहरुले समुद्रबाट कम्तीमा २१ जना अरु अलपत्र आप्रवासीलाई उद्धार गरिएको जनाएका छन् । 

आप्रवासीका लागि मानवीय सेवामा सक्रिय संस्था वाकिङ् बोर्डर्सका हेलेना मालेनोले डुङ्गा दुर्घटनाबाट बाँच्न सफल सात जना महिलाको भनाई उद्धृत गर्दैै मारिएका व्यक्तिका बारेमा जानकारी प्राप्त भएको बताउनुभयो । मारिनेमा गर्भवती महिला समेत रहेका छन् । 

“बाँच्न सफल भएकाहरुले डुङ्गामा झण्डै १३ जना महिला रहेको मलाई बताए । तीमध्ये अधिकांश गर्भवती थिए,” मालेनोले फोनमा बताउनुभयो । “डुङ्गामा १२ देखि १४ वर्ष हाराहारीकी एक बालिका पनि थिइन् । ती बालिकाको पनि मृत्यु भयो ।” 

उक्त सूचनालाई मोरक्को सरकारले पुष्टी गरिसकेको छैन । एकजना मोरक्कोका अधिकारीले बिहीबार कम्तीमा २१ जना आप्रवासीलाई उद्धार गरिएको बताएका छन् । एकजनाको शव फेला परेको छ, उनले बताए । 

डुङ्गामा सवार सबै व्यक्ति उप–सहारा क्षेत्रका थिए । स्पेनी उद्धार सेवाले खोजी तथा उद्धारका लागि मोरक्को सरकारको सहयोग समेत मागेको जनाएको छ । 

मालेनोले डुङ्गामा रहेका व्यक्तिसँग फोनमा अन्तिमसम्म सम्पर्क भइरहेको बताउनुभयो । डुङ्गामा सवार व्यक्तिहरुले आफ्नो रबरको डुङ्गामा पानी भरिएको र डुब्नै लागेको मालेनोलाई बताएका थिए । मालेनोले भन्नुभयो – अन्तिम पटक सम्पर्क हुँदा डुङ्गामा मानिसहरु आत्तिएर चिच्याइरहेको सुनिएको थियो । 

स्पेनी खोजी तथा उद्धार सेवाले डुङ्गा डुबेको सम्भावित स्थान वरपर हवाई गस्ती गरेको जनाएको छ । 

युरोपेली युनियनका अनुसार, स्पेनको बाटो हुँदै धेरै आप्रवासी युरोप प्रवेश गर्दछन् । गत वर्ष ५७ हजार भन्दा बढी व्यक्ति स्पेन हुँदै युरोप छिरेका थिए । यी अधिकांश व्यक्ति मोरक्को हुँदै भूमध्यसागरको कठिन यात्रा गरेर स्पेन पुग्छन् । 

गत वर्ष भूमध्यसागर पार गर्नेक्रममा डुङ्गा दुर्घटना हुँदा करिब दुई हजार ३०० व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय आप्रवासन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सम्बन्धित

‘सुदृढीकरणको’ वृहत् रणनीति

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

इरान युद्ध : वार्ताका लागि ट्रम्पद्वारा युद्धविरामको अवधि थप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com