ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किमको हत्या आरोपी भियतनामीलाई रिहा गर्न अस्वीकार


एबीसी न्यूज
चैत्र १, २०७५ शुक्रबार   ८ : १२   बजे

शाहअलाम, मलेसिया, १ चैत । उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाइ किम जोङ नामको हत्या गरेको आरोपमा मलेसियामा थुनामा रहेकी भियतनामकी महिला तत्काल रिहा नहुने भएकी छन् । 

भियतनामी महिला डोन थि हौङलाई रिहा गर्न आग्रहसहित दर्ता गरिएको निवेदनको जवाफमा अदालतका अधिकारीहरुले रिहा गर्न अस्वीकार गरेका हुन् । 

उही मुद्धामा उनीसँगै थुनामा रहेकी अर्की इन्डोनेसियाकी एक महिलालाई गत सोमबार रिहा गरिएको भएपनि भियतनामी महिलालाई भने रिहा नगरिने भएको हो । 

आफुलाई रिहा नगर्ने अदालतको घोषणापछि ती महिलाको मुद्धाले निरन्तरता पाउने भएको छ । 

सन् २०१७ को फेब्रअरीमा क्वालालम्पुर विमानस्थलमा किम जोङ नामको मुखमा “भिएक्स नर्भ एजेन्ट” भनिने विषालु पदार्थ दलिदिएको आरोपमा हौङ र अर्की इन्डोनेसियाकी महिला सिती अल्स्यानलाई थुनामा राखिएको थियो । 

अदालतको निर्णय सुनेपछि अदालत परिसारमा रुँदै हौङ्ले भन्नुभयो, “म तनावमा छु, म निर्दोष छु, मलाई यो घटनाका बारेमा थाहा छैन, मेरोलागि मेरो परिवारले प्रार्थना गरिदिउन् ।” 

इन्डोनेसियाकी अल्स्यान र भियतनामकी हौङ दुवैले हत्याको आरोप अस्वीकार गर्दै आएका छन् । उनीहरूले एउटा टीभी कार्यक्रमका लागि आफूहरू त्यहाँ गएको दावी गरेका छन् । 

मकाऊ जाने विमान कुरेर क्वालालम्पुर विमानस्थलमा बसेका बेला किममाथि आक्रमण भएको थियो । आक्रमणको २० मिनेटमै उहाँको मृत्यु भएको थियो । 

क्वालालम्पुर विमानस्थलको सीसीटीभी दृश्यमा एक महिला किमतिर गएको र विमानस्थलको प्रस्थान क्षेत्रमा दुई महिला गएको देखिएको छ । त्यसपछि उनीहरूमध्ये एक जनाले किमको अनुहारमा हात राखेको र दुवै जना तत्कालै त्यहाँबाट भागेको दृश्य भिडियोमा देखिएको अधिकारीहरूले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group