ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरियाका लागि मानवीय सहायता परियोजना स्वीकृत


admin

एजेन्सी,३० फागुन संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियाका लागि पाँच वटा प्रस्तावित मानवीय सहायता परियोजनाको कार्य अघि बढाउन स्वीकृति दिएको छ । 

राष्ट्रसंघ सुरक्षा परिषदले लगाएका प्रतिबन्धहरुमध्ये पोषण र औषधोपचार समेतका पाँच क्षेत्रमा लागेका प्रतिबन्धहरु आंशिक फुकुवा गरेको हो । 

फ्रान्सेली गैरसरकारी संस्थाहरु प्रिमियर अर्जेन्स इन्टरनेसनललाई बाल पोषण परियोजना र ट्राङ्गल जेनेरेसन ह्युमानिटायरलाई बृद्धबृद्धाको स्याहार परियोजना सञ्चालन गर्न अनुमति प्राप्त भएको छ । राष्ट्रसंघीय जनसंख्या कोषले आपतकालीन प्रजनन स्वास्थ्य सामग्रीको आपूर्ति गर्नेछ । 

यसैगरी, क्यानाडेली गैसस फस्र्ट स्टेप्स हेल्थ सोसाइटीलाई सोया दूध प्रशोधन प्रणाली आयात गर्न तथा मेडिसिन सान्स फ्रन्टियर्सलाई चिकित्सा सामग्री भित्र्याउन अनुमति दिइएको छ । 

पछिल्लो सहजीकरणसँगै उत्तर कोरियामाथि मानवीय सहायता जोडिएका प्रतिबन्ध फुकुवा भएको संख्या २० पुगेको छ । यी छुटहरु छ महिनाका लागि मान्य हुनेछ राष्ट्रसंघले जनाएको छ । 

मानवीय सहायता कृयाकलापहरु अन्तर्राष्ट्रिय प्रतिबन्ध अन्तर्गत रहेका छैनन्, तर यससँग सम्बन्धित सामग्रीको आपूर्तिका लागि राष्ट्रसंघ सुरक्षा परिषदको स्वीकृति अनिवार्य हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाण्डौ सतुङ्गलको व्यापारिक कम्प्लेक्समा आगलागी

सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त (नाम-ठेगानासहित)

सम्बन्धित

अमेरिकाको व्यापार नीतिका कारण जर्मनीको अर्थतन्त्रमा गिरावट

मणिपुरमा मुठभेड हुँदा १० उग्रवादी मारिएको भारतीय सेनाको दाबी

आज रुस र युक्रेनबीच टर्कीमा वार्ता हुने तर पुटिन सहभागी नहुने

चिनियाँ नेता सिया ओजी काठमाडौँमा

ट्रम्पको घोषणाले सिरियाली शरणार्थीमा उत्साह

टर्किएमा हुने युक्रेनसँगको शान्ति वार्तामा रुसी राष्ट्रपति पुटिन सहभागी नहुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com