
नवलपुर,३० फागुन । नवलपुरको सदरमुकाम कावासोतिमा ठूलो आवाजमा बम बिस्फोट भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत डिभिजन बन कार्यालय अगाडि राजमार्गमा बम बिस्फोट भएको हो । बिस्फोट निकै ठूलो आवाजमा भएको थियो ।
जिल्ला प्रहरी कार्यलय नवलपुरले बम बिस्फोट विषयमा अनुसन्धान भैरहेको र बिस्फोटले मानविय क्षती नभएको प्रहरीले जनाएको छ । बिस्फोट लगतै जिल्ला को सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले बताएको छ ।








प्रतिक्रिया दिनुहोस्