ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ


admin

राँझा, ३० फागुन ।  नेपालगञ्ज क्षेत्रमा मोटरसाइकल चोरीकार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२ सेतुविक चोक बस्ने इरसाद हुसेन हलवाइले रोकिराखेको रोयल इनफिल्ड मोटरसाइकल चोरी गर्दैगर्दा महेन्द्रप्रसाद न्यौपाने पक्राउ परेपछि गिरोह सार्वजनिक भएको हो । 

दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ का न्यौपानेमाथि सोधपुछ गर्दा दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ का विमलप्रसाद न्यौपाने र दैलेख आठबिसकोट–५ का अर्जुन शाहीलाई विभिन्न समयमा चोरी भएका चार थान मोटरसाइकलसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । 

उनीहरुबाट यूपी३२जेपी १७३९ नंको रोयल इनफिल्ड, भे४प ४०२० नंको २२० सिसीको पल्सर, लु४०प ९८५१ नंको २२० सिसीको पल्सर र यूपी३२जेपी ६५५० नंको २२० सिसीको पल्सर मोटरसाइकल बरामद भएको प्रहरी निरीक्षक डाँगीले बताउनुभयो । 

उहाँका अनुसार, उक्त गिरोहले २२० सिसीको मोटरसाइकलमै धेरै आँखा लगाउने गरेका थिए । त्यसरी चोरी भएका मोटरसाइकल सुर्खेत, कैलाली र दैलेखबाट बिक्री गर्ने गरेको पाइएको छ । प्रहरीले बरामद गरेका मोटरसाइकल पनि विभिन्न जिल्लाबाट झिकाएको हो । सेतुविक चोकमा रोयल इनफिल्ड चोरी गर्दागर्दै न्यौपानेलाई फेला पारी मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएपछि नेपालगञ्जबाटै बर्दिया मधुवन–६ बस्ने यमबहादुर घर्तीको भे४प ४०२० नंको २२० सिसीको पल्सर मोटरसाइकल, प्रीतम गुरुङको लु४०प ९८५१ नंको २२० सिसीको पल्सर मोटरसाइकल, नेपालगञ्ज–११ विपी चोक बस्ने मोहम्मद रजा जसगढको २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको उजुरी जिल्ला प्रहरी कार्यालय बाँकेमा परेको थियो । 

ती उजुरीका विषयमा प्रहरीले न्यौपानेलाई सोधपुछ गर्दा घटनामा विमलप्रसाद न्यौपाने र अर्जुन शाहीको समेत संलग्नता रहेको र अन्य मोटरसाइकल दैलेख, सुर्खेत र कैलालीलगायतका जिल्लामा बिक्री गर्नको लागि लुकाइछिपाइ राखेको खुलेको थियो । प्रहरीले सक्रियता बढाई अन्य चोरी गर्ने व्यक्तिको पहिचान गरी मोटरसाइकलको खोजतलास गर्ने क्रममा ती मोटरसाइकल सुर्खेत, कैलाली र दैलेखबाट नम्बरप्लेट बदली गरी लुकाइछिपाइ राखेको अवस्थामा फेला पारेको प्रहरी निरीक्षक डाँगीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com