ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी सम्बन्धमा बनेको विधेयकमाथि छलफल


admin


विराटनगर, २७ फागुन ।  प्रदेशसभाको बैठकमा ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलले आज पनि निरन्तरता पायो । 

प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम सो विधेयकको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य लक्ष्मण तिवारीले सरकारको तीन खम्बे अर्थनीतिअनुरुप सहकारी पनि एउटा पाटो भएकाले त्यो ऐन सहकारी लगानीमैत्री हुनुपर्ने धारणा राख्नुभयो । 

उहाँले यो ऐनमा सहकारी विकास बोर्डको अवधारणा आउनुपर्ने उल्लेख गर्दै विकास, समृद्धिको यात्रामा सहकारीलाई कसरी समावेश गर्ने कुरा ऐनमा प्रष्ट आउनुपर्नेमा जोड दिनुभयो । सदस्य बिन्दिया कार्कीले यो विधेयकलाई असल र राम्रो बनाउन विषयगत समितिमा दफावार छलफल हुनुपर्ने माग गर्नुभयो । 

शून्य समय 

प्रदेशसभा सदस्य रामकुमार राईले खोटाङको धाकलाङमा निर्माणाधीन पुलले लामो समय पार गरिसक्दा पनि सम्पन्न नभएकाले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले हरिहर÷ गजुरमुखी निर्माण कम्पनीले जिल्लामा थालेका विकास निर्माण कार्यमा निकै सुस्त गतिमा अगाडि बढेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । 

सदस्य सरिता थापाले नेपाल र तिब्बतसँग जोड्ने किमाथाङ सडकको अरुण नदी किनारमा रहेका २०० रोप्नी जग्गालाई संरक्षण गर्न प्रदेश सरकारले आवश्यक योजना बनाउनुपर्नेमा जोड दिनुभयो । 

प्रदेशसभाको अर्को बैठक फागुन २८ गते दिउँसो १२ बजे बस्ने छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com