ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्याब्सनमा पुरी समूहको उम्मेदवारी घोषणा


admin

काठमाडौं,२७ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि टीकाराम पुरी समूहले आज उम्मेदवारी घोषणा गरेको छ । 

यहाँ पत्रकार सम्मेलन आयोजना गरेर पेशागत व्यावसायिक समूहबाट पुरीसमूहले उम्मेदवार घोषणा गरेको हो । अध्यक्षका उम्मेदवार पुरीले निजी क्षेत्रका विद्यालयमा देखापरेका समस्यालाई सम्बोधन गर्न आफ्नो समूहको उम्मेदवारी दिने बताउनुभयो । 

अर्को समूहबाट अध्यक्षमा डिके ढुङ्गाना उम्मेदवार बन्नुभएको छ । तर ढुङ्गाना समूहले अझै उम्मेदवारी घोषणा गरेको छैन । 

“राजनीतिक सङ्क्रमणकाल अन्त्य भए पनि पेशागत व्यावसायिक सङ्क्रमणकाल अझै सकिएको छैन”, पुरीले भन्नुभयो, “उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले निजी विद्यालय सञ्चालनमा प्रश्न चिह्न खडा गरेको छ ।

त्यसैले सबैलाई चिर्दै राष्ट्र र समाजप्रति निजीलाई थप उत्तरदायी बनाउनु आवश्यक रहेको छ ।” दुई वर्षभित्र राष्ट्रको मूलधारमा निजी विद्यालयलाई ल्याउने आफूले पहल गर्ने बताउनुभयो । 

घोषणासभामा पेशागत समूहतर्फबाट महासचिवका उम्मेदवार ईश्वरबहादुर गुरुङगले विभिन्न १४ बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गर्नुभयो । प्रतिबद्धतामा कम्पनीमा सञ्चालित विद्यालय कम्पनीअन्तर्गत नै सञ्चालन गर्न पाउनुपर्ने व्यवस्थालाई स्थापित गराउने, सरकाद्वारा उच्च शिक्षामा उपलब्ध गराइने ४५ प्रतिशत आरक्षित छात्रवृत्तिमा संस्थागत विद्यालयसँग गरिएको विभेद अन्त्य गराउने, सरकारद्वारा ल्याइएको विद्यालयस्तरीय प्राविधिक शिक्षा कार्यक्रमलाई संस्थागत विद्यालयमा पनि समान ढङ्गले लागू गराउन सरकारसँग पहल गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सन्दर्भमा न्यून र मध्यम आय वर्गका विद्यालयले अहिलेकै अवस्थामा व्यवस्थापन गर्न नसक्ने भएको हुँदा सरकारसँग वैकल्पिक व्यवस्थापन गराउने जस्ता रहेका छन् । 

पेशागत समूहबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ, खुला उपाध्यक्षमा गोपाल आचार्य, कृष्ण खनाल, अनिलकुमार झा र दिपीका थापा, प्रदेश नं १ उपाध्यक्ष नारायण घिमिरे, प्रदेश नं २ उपाध्यक्षमा गोपाल कार्की, प्रदेश नं ३ उपाध्यक्षमा शान्तिविक्रम बानियाँ, गण्डकी प्रदेश उपाध्यक्षमा माधवशरण उपाध्याय, प्रदेश नं ५ उपाध्यक्षमा विष्णु पन्थी र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा फणिन्द्रराज विडारी उम्मेदवार बन्नुभएको छ । 

यस्तै महासचिवमा ईश्वरबहादुर गुरुङ, उपमहासचिवमा कुमार घिमिरे र कोषाध्यक्षमा मधु लोहनी उम्मेदवार बन्नुुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा मङ्गलबार महाधिवेशन हुनेछ । 

‘समृद्ध राष्ट्र निर्माणको मूल आधार, गुणस्तरीय शिक्षा छनोट मौलिक अधिकार’ भन्ने मूल नाराका साथ शुरु हुने महाधिवेशनमा दुई हजार ४३८ प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशनले दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।  रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com