
दोलखा,२७ फागुन । दोलखाको पर्यटकिय नगरी जिरीमा एक दिने शैक्षिक मेला सुरु भएको छ ।
जिरी नगरपालिकाको आयोजना तथा जिरी मा वि जिरी को व्यवस्थापनमा शैक्षिक मेला २०७५ सन्चालन भएको जिरी नगरपालिकाका मेयर टंक जिरेलले बताउनु भयो ।
यसरी शैक्षिक मेला आयोजना गर्दा विद्यार्थिहरुमा फरक सिकाईका साथै देखेर सिक्ने भएकाले दिगो सिकाईको विकास हुने मेयर जिरेलले बताउनु भयो।
शैक्षिक मेलामा जिरी नगरपालिका भित्रका सम्पुर्ण विद्यालयको सहभागिता रहेको छ । मेलामा सहभागी विद्यालयहरुले आआफ्नो विद्यालयको शैक्षिक सामाग्री तथा विद्यालयका मोडलहरु स्टालका रुपमा प्रदर्शनीमा राखेका छन ।
प्रतिक्रिया दिनुहोस्