
काठमाडौं,२७ फागुन । लुकाईछिपाई भारतर्फ लैजादै गरेको सुन -चाँदी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरको भित्री सडकखण्डबाट करिब एक सय ग्राम सुन र २५ किलो चाँदिसहित भारत मधुवनी बस्ने ३७ वर्षीय कृष्णकुमार महतो र सोही ठाउँ बस्ने ३० वर्षीय रूपेश महतोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
कुवावाट लोहना हुँदै भारततर्फ जाँदै गरेको बिआर ३२ एस ४३५७ नम्बरको मोटरसाइकलमा जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्की मुनी लुकाईछिपाई राखेको उक्त सुन र चाँदी फेला पारी चालक कृष्णकुमार र मोटरसाइकलमा सवार रूपेशलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । यस विषयमो आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।








प्रतिक्रिया दिनुहोस्