ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पटक पटक म्याद थप्दा पनि खानेपानी आयोजना अधुरै


admin
फाल्गुन २७, २०७५ सोमबार  १० : ४६ बजे


बनेपा, २७ फागुन ।  काभ्रेपलाञ्चोकको तीनवटा नगरपालिका (बनेपा, धुलिखेल र पनौती) बासिन्दाका लागि शुद्ध र गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले विगत छ वर्ष अगाडि शुरु भएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना सातौँ पटक म्याद थप्दा पनि सम्पन्न नहुने भएको छ । 

२०६९ साल मङ्सिर २७ गते सम्झौता भई २०७० जेठ २९ गतेबाट कार्य प्रारम्भ भएको सो खानेपानी आयोजना सम्झौताअनुसार २०७२ साल जेठ ३२ गते सम्पन्न गर्ने गरी निर्माण कार्य थालनी भएको थियो तर अहिलेसम्ममा ९५ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख नारायणसुन्दर श्रेष्ठले बताउनुभयो ।

अहिलेको निर्माण कार्यको म्याद थप सातौँ पटकको हो ।” श्रेष्ठले भन्नुभयो, “अहिलेसम्ममा भौतिक प्रगति (संरचना र पाइप लाइन बिच्छ्याउने काम सबै गरेर) ९५ प्रतिशत भएको छ ।” त्यससँगै वित्तीय प्रगति (खर्च) ७२ प्रतिशत भएको उहाँको भनाइ छ । 

त्यसरी काम भइरहेको सो आयोजना आगामी २०७६ जेठ १७ गते सम्पन्न गरी सक्नुपर्नेछ । पाँच प्रतिशत भौतिक काम (पाइप लाइन नै बिच्छ्याउने) बाँकी रहेको सो आयोजनाको मुहानबाट क्षेत्रीय पानी प्रशोधन केन्द्रमा पानी ल्याएर जाँच गर्न मात्रै तीन महीना लाग्ने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो । 

समय अवधिको हिसाबले सातौँ पटक तोकिएको समयमा पनि काम सम्पन्न गर्न नसकिने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो । एकातिर निर्माण कार्यको समय लम्बिँदै जानु र अर्कोतिर खर्च पनि बढ्दै जानुले आयोजना आकाशको फल जस्तै बनेको उपभोक्ता बताउँछन् ।

बनेपा नगरपालिका–८ का जयकृष्ण मानन्धरले भन्नुभयो, “एकातिर अहिले उपभोग गर्दै आइरहेको नेपाल खानेपानी संस्थानको धमिलो लेदो मिसिएको पानीलाई खानयोग्य नभए पनि पैसा तिरिरहनुपर्छ, अर्कोतिर एकीकृत खानेपानीले बाँडेको आशा वर्षौं भइसक्यो ।” 

बनेपामा खानेपानीको हाहाकारनै रहेको छ । जसका कारण घरधनीदेखि भाडामा बस्ने नजिकैको ढुङ्गेधारा धाउन बाध्य भएका छन् । “भएको खानेपानी पनि फोहर लेदो मिसिएको पानी आउने र ढुङ्गेधारामा जान पनि धेरै टाढा भएकै कारण बनेपामा भाडामा बस्न नसक्ने स्थिति भएको प्रतीक तामाङले बताउनुभयो । 

शुरुमा काभ्रेपलाञ्चोक जिल्लाको तीन नगरपालिकाका गरी कूल ९२ हजार ८३० जनसङ्ख्यालाई पानी खुवाउने गरी आयोजना निर्माणको सम्झौता भएकोमा पछि बनेपा नगरपालिका र पनौती नगरपालिकाको केही वडा थप भएपछि अहिले एक लाख ३९ हजार ४२२ जनसङ्ख्यालाई खानेपानी पु¥याउने लक्ष्यसहित आयोजनाले काम गरिरहेको छ । नेपाल सरकार, एशियाली विकास बैंक (एडिबी), तीन वटा नै नगरपालिका र काभ्रे उपत्यका एकीकृत खानेपानी बोर्डको गरी अहिले कूल रु एक अर्ब १२ करोड ६०० को लगानी हुने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

सर्वोच्चको आदेशः दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनू

एमालेको झण्डा जलाउनेमाथि कारबाहीको माग

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

दाङमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

चुनावी प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com