
काठमाडौं,२६ फागुन । चीनबाट गाई खरिद गर्ने प्रदेश सरकारको निर्णयको केन्द्रिय दुग्ध सहकारी संघ, नेपालले विरोध गरेको छ ।
प्रदेश ३ सहित अन्य २ वटा प्रदेशले चीनबाट ४ हजार गाई खरिद गरेर ल्याउने सम्झौतामा हस्ताक्षेर गरेपछि केन्द्रिय दुग्ध सहकारी संघ, नेपालले त्यसको विरोध गरेको हो ।
नेपालमा रहेका गाईहरुको उचित संरक्षण गरी दुध व्यवसायको प्रवद्र्धन गर्न छाडेर प्रदेश सरकारहरुले विदेशको गाई ल्याउने सम्झौता गरेपछि त्यसको विरोध गर्नु परेको संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले जानकारी दिनु भयो ।
आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले नेपालमै प्रशस्त मात्रामा दुध दिने गाई हुँदाहुँदै प्रदेश सरकारहरुले चीनबाट गार्ई ल्याउने निर्णय गरेर नेपालका पशु किसानहरुलाई मारमा पार्न खोजेको भन्दै आपत्ति पनि जनाउनु भयो ।
प्रदेश ३ को सरकारले चाईना एकेडेमी कल्चरल मेकानाईजेसन साईन्स (क्याम्स) सँग चीनबाट गाई आयात गर्ने सहमति गरेको थियो । त्यसप्रति संघको आपत्ति छ । संघका अध्यक्ष सापकोटाले नेपालमा दुध दिने गाईको अभाव नभएको स्पष्ट पार्नु भयो । उहाँले नयाँ जातको घास, दुध र दुधको परिकार बनाउनका लागि आवश्यक प्रविधि भित्रयाउन पनि सरकारसँग माग गर्नु भयो ।
प्रदेश ३ को सरकारले नेपाललाई दुधमा आत्म निर्भर बनाउन भन्दै चार हजार गाई चीनबाट भित्रयाउने सहमति गरेको थियो । सो सहमतिले नेपालको गाई लोप भएर जाने संघको बुझाई छ । नेपालकै गाईको संरक्षणमा सरकारले आवश्यक बजेटको व्यवस्था गरे दुधको अभाव नहुने संघका अध्यक्ष देवकोटाको भनाई छ ।








प्रतिक्रिया दिनुहोस्