ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘स्वतन्त्र मधेस गठबन्धन’ बीचको सहमतिप्रति नेता रावलको विमति


admin

काठमाडौं,२५ फागुन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति विमति व्यक्त गर्नुभएको छ । 

रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेता रावलले गठबन्धनका संयोजक डा चन्द्रकान्त (सिके) राउतले विगतमा देश टुक्र्याउने र राष्ट्र विखण्डन गर्नेजस्ता अभिव्यक्ति दिएको तर सहमतिपत्रमा ती अभिव्यक्ति फिर्ता लिएँ भन्ने शब्द कहीँकतै नदेखिएको भन्दै आपत्ति जनाउनुभयो । 

“पहिलो त सङ्गठनको नाम नै स्वतन्त्र मधेश राख्नु गलत छ, दोस्रो सिके राउतले संविधानको मर्मविपरीत गएर राष्ट्र विखण्डन गर्ने विषयलाई पटकपटक उठाउँदै आउनुभएको छ, तर ती अभिव्यक्ति फिर्ता लिएको सहमतिपत्रमा उल्लेख छैन”, उहाँले भन्नुभयो । 

सहमतिपत्रमा स्वतन्त्र मधेश र जनमत सङ्ग्रहजस्ता आपत्तिजनक शब्द राखिएको भन्दै नेता रावलले त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग गर्नुभयो । नेकपाभित्र कुनै छलफल नै नगरी अपारदर्शी ढङ्गबाट सहमति गर्नुभएको भन्दै उहाँले सहमतिले कुनै पनि बेला राष्ट्रलाई आघात पुग्न सक्ने बताउनुभयो । पार्टीभित्र गहन छलफल गरेर सहमतिपत्रलाई सच्याउनुपर्ने उहाँको माग छ । 

“देशलाई शान्तिको बाटोमा, समृद्धिको बाटोमा अगाडि बढाउन विभिन्न सङ्घ÷सङ्गठनसँग सहमति गर्नुपर्छ, तर त्यस्ता सहमति गर्दा त्यसको निश्चित उद्देश्य हुन्छ, जसले राष्ट्रलाई आघात पुग्नु हुँदैन, देशको स्वतन्त्रमा नसकारात्मक प्रभाव पर्नु हुँदैन”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com