ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीलाई पूर्वाधार तथा प्रविधिमैत्री बनाइने


admin

फिदिम, २५ फागुन ।  प्रदेश नं १ मा नेपाल प्रहरीलाई पूर्वाधारयुक्त तथा प्रविधिमैत्री बनाइने भएको छ । भौतिक पूर्वाधार र प्रविधिको अभावमा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई चुनौती रहेकाले प्रदेश सरकारले चालू आर्थिक वर्षमा पूर्वाधार विकास, सूचना सञ्चार र प्रविधिका लागि बजेट छुट्ट्याएको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय पाँचथरमा महिला भवन तथा प्रहरी नायब उपरीक्षकको आवास भवनको शनिबार शिलान्यास गर्नुहुँदै मन्त्री आङ्बोले प्रहरीको मनोबल उच्च बनाउन प्रदेश सरकारले प¥र्याप्त बजेट छुट्ट्याउँदै जाने बताउनुभयो । 

उहाँले प्रदेश प्रहरीको भवन र थप पूर्वाधारका लागि रु २९ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । 

पाँचथरमा जिल्ला प्रहरी कार्यालयभित्र महिला भवन तथा प्रहरी नायब उपरीक्षकको आवास भवनका लागि रु एक करोड इलाका प्रहरी कार्यालय अमरपुर र खान्द्रुङ तथा प्रहरीचौकी फाक्तेपको भवन निर्माणका लागि रु तीन÷तीन करोड बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । 

प्रहरीलाई पूर्वाधारयुक्त र प्रविधिमैत्री बनाउन प्रदेश सरकारले जिल्ला प्रहरी कार्यालयका लागि एउटा चारपाङ्ग्रे सवारी साधन तथा पाँचथरका विभिन्न प्रहरीचौकीका लागि १२ वटा मोटरसाइकल समेत प्रदान गरेको मन्त्री आङ्बोले बताउनुभयो । प्रदेशका सबै प्रहरीचौकी तथा पोष्टका लागि स्थायी मोबाइल सेट र सिमकार्डसमेत प्रदेश सरकारले उपलब्ध गराउने भएको छ । 

फरक प्रसङ्गमा मन्त्री आङ्बोले राजनीतिक रुपमा असन्तुष्ट पक्षलाई समेत संवादका माध्यमबाट मूल राजनीतिक प्रवाह आउन अपिल गर्नुभयो । 

प्रमुख जिल्ला अधिकारी मुरारी बस्तीले पूर्वाधारको अभावमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई समस्या रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रनाउ नरेन्द्र कुँवर समयमै भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सम्पन्न, भव्य स्वागत र अर्बौं डलरका व्यापारिक सम्झौतामा हस्ताक्षर

सम्बन्धित

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सम्पन्न, भव्य स्वागत र अर्बौं डलरका व्यापारिक सम्झौतामा हस्ताक्षर

जलवायु संकट न्यूनीकरणमा योगदान दिन प्रतिबद्ध छौँ- भारतीय वनमन्त्री

भारतका वनमन्त्रीले भेटे प्रधानमन्त्री ओली

प्रचण्ड-देउवा टेलिफोन वार्तालगत्तै बूढानीलकण्ठ पुगे जनार्दन

इजरायली दूतावासले मनायो ७७ औँ स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com