ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यौन दुव्र्यवहारबाट पीडित छन् बालबालिका


admin

काठमाडौं ,२५ फागुन ।  पछिल्लो समयमा बालबालिका यौन दुव्र्यवहार र बलात्कारको शिकार हुने गरेका छन् । 

सूचना प्रविधिको विकासक्रमसँगै बालअधिकार सम्वद्र्धनसम्बन्धी सम्बन्धित सरोकारवालाको प्रयत्न, बहस र पैरवी हुँदाहुँदै कतिपय प्रवृत्तिगत सामाजिक गलत मूल्य, मान्यता र अन्धविश्वासका कारणले पनि बालबालिका यौन दुव्र्यवहारको शिकार हुने गरेका छन् । यसबारेमा अधिकांश घटना बाहिर आए पनि कतिपय घटना बाहिर आउन सकिरहेका छैनन् । 

केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चारमाध्यममा प्रकाशित बालबालिकासम्बन्धी विभिन्न घटनाको चालू आवको प्रथम चौमासिक अवधिको स्थिति विश्लेषण गर्दा ९८ बालबालिकामाथि बाल यौन दुव्र्यवहार र बलात्कार भएका घटना प्रकाशमा आएका छन् । यस अवधिमा एक बालक विदेशी नागरिकबाट यौन दुव्र्यवहारमा परेका छन् भने ९७ बालिका बलात्कृत भएका छन् । 

स्वीस नागरिक पिटर भन्ने व्यक्तिले फेसबुकबाट चिनजान गरी नेपाल आएर बाल यौन दुव्र्यवहार गरेका थिए । निजमाथि कानूनी कारवाही अगाडि बढाइएको छ । 

बालिका बलात्कार भएका घटनामध्ये १२ बालिका सामूहिक बलात्कारमा परेको समितिका सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिनुभयो । घटनालाई हेर्दा सामूहिक बलात्कारमा परेकी दुई बालिका सुस्तमनस्थितिका थिए । बलात्कारका घटनालाई विश्लेषण गर्दा सबैभन्दा बढी चिनजानको व्यक्तिबाट ३६ बालिका बलात्कार भएको समितिले जनाएको छ । 

प्रतिवेदनअनुसार छिमेकीबाट १९, आफ्नै बुबा तथा हाडनाताबाट १७, प्रधानाध्यापक तथा शिक्षकबाट छ, सरकारी कर्मचारीबाट तीन, घरेलु बालश्रममा रहेका चार र अपरिचित व्यक्तिबाट ११ बालिका बलात्कृत भएका छन् । हाडनाताबाट बलात्कार भएका १७ बालिकामध्ये नौ बालिका आफ्नै बाबुबाट बलात्कार भएका छन् । बलात्कारमा संलग्न अभियुक्तमध्ये १५ बालक नै रहेको र ६० वर्षमाथिका व्यक्तिबाट सात बालिका बलात्कृत भएको सूचना अधिकारी चन्दको भनाइ छ । 

बलात्कारबाट पीडित भएका बालिकाको उमेर समूहका आधारमा विश्लेषण गर्दा पाँच वर्ष वा सोभन्दामुनि नौ, छ देखि १० वर्षका १९, ११ देखि १४ वर्षका ४४ र १५ देखि १८ वर्षका २५ बालिका रहेका छन् । समितिका पूर्वकार्यकारी निर्देशक तारक धितालले बालबालिकालाई हिंसा, दुव्र्यवहार, शोषण, भेदभाव, अपहरण, उपेक्षा, हेपाइ र बेवास्ताजस्ता हानिकारक अभ्यासबाट संरक्षण गर्नु मुख्य त अभिभावकको दायित्व हो भन्नुहुन्छ । 

सबैभन्दा कम उमेरको महोत्तरीमा आठ महीने बालिकालाई अपहरणपश्चात बलात्कार गरी हत्या गरिएको छ भने ११ देखि १४ वर्ष उमेरका बालिका धेरै सङ्ख्यामा बलात्कारबाट पीडित भएका छन् । उक्त घटनामध्ये सर्वाधिक चर्चामा रहेको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको घटनाका विषयमा हालसम्म पनि सत्यतथ्य बाहिर आउन सकिरहेको छैन । तर अनुसन्धान जारी छ । सत्यतथ्य पत्ता लगाउनेबारे प्रतिपक्ष राजनीतिक दलका नेताहरुले संसद्मा समेत पटक–पटक कुरा उठाउँदै आएका छन् । 

यस अवधिमा ४६ जिल्लामा भएका जम्मा घटनामध्ये जिल्लागत रुपमा विश्लेषण गर्दा सबैभन्दा बढी सप्तरी र पाल्पामा पाँच÷पाँच बालिका बलात्कारबाट पीडित भएका छन् । बालबालिका यौन दुव्र्यवहारबाट मात्र नभई बलात्कार, बालविवाह, हत्या, बालश्रम, बेचविखन तथा ओसारपसार, अपहरण र बालबालिकामाथि हुने शारीरिक तथा मानसिक सजायबाट समेत पीडित हुनुपरेको छ । 

बाल यौन दुव्र्यवहारको अन्त्य गर्ने हो भने सरकार र सरोकारवाला सङ्घ÷संस्थाले बालबालिकाको हकहित र अधिकारका लागि निर्माण गरिएको संविधान, ऐन÷कानून र नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिन्छ । बाल दुव्र्यवहार जोकसैबाट जहाँ पनि हुनसक्ने भएकाले यस बारेमा बालबालिकादेखि अभिभावकसम्म सबै सतर्क, सचेत र सजग रहन आवश्यक छ । 
रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com