ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मणिमुकुन्द कप रुपन्देहीको कब्जामा


sharan sharan
फाल्गुन २४, २०७५ शुक्रबार   ८ : ३१   बजे

बुटवल, २४ फागुन ।
शानदार प्रदर्शन संगै जिल्ला भलिबल संघ रुपन्देहीले छैटौ मणिमुकुन्द कप ५ नं. प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७५ को उपाधि हात पारेको छ । फाईनल खेलमा गुल्मीलाई ३–२ को सेटमा पराजित गर्दै रुपन्देही उपाधि चुमेको हो ।
उपाधिसंगै रुपन्देहीले नगद १ लाख १ हजार सहित कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता गुल्मी नगद ७१ हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । यसैगरि जिल्ला भलिबल संघ नवलपरासी तृतिय स्थान हासिल गर्दै नगद ४४ हजारसहित कप, मेडल, प्रमाणपत्र तथा जिल्ला भलिबल संघ पाल्पा सान्त्वना स्थान हासिल गर्दै नगद २२ हजारसहित प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी गुल्मीका विक्रम थापा घोषित हुदै नगद ५ हजार, कप, प्रमाणपत्रबाट पुरस्कृत भएका छन । प्रतियोगिताको रुपन्देहीका लोकेन्द्र भण्डारी उत्कृष्ट सटर, पाल्पाका देउबहादुर सेन्जाली उत्कृष्ट ब्लकर, रुपन्देहीका थमन खत्री उत्कृष्ट स्पाईकर, गुल्मीका डोल बहादुर थापा उत्कृष्ट डिफेन्स, गुल्मीका मौसम कुवँर उत्कृष्ट सर्भर, रुपन्देहीका पुरन थापा उत्कृष्ट क्वीक स्पाईकरलाई नगद २ हजार ५ सय, कप, प्रमाणपत्रबाट पुरस्कृत गरियो यसैगरि नवलपरासीका गोपाल चौधरी उदयमान खेलाडीबाट पुरस्कृत भए । जिल्ला भलिबल संघ बाके अनुशासित टिमबाट पुरस्कृत भएको छ । बुटवल मण्डपमा दर्शकको अत्याधिक सर्पोट पाएर हौसिएको गुल्मीका खेलाडीहरु अन्तिमसम्म भिडेका थिए । पहिलो सेट २५–१८ अंकको सेटमा रुपन्देहीले आफनो पक्षमा पार्दै अग्रता लिएको थियो । तर दोस्रो सेट भने गुल्मीले २५–१५ अंक जित निकाल्दै खेल बराबरी ल्याएको थियो । तेस्रो सेट पनि गुल्मीले २५–२३ जित निकालेर खेलमा अग्रता लियो । चौथौ सेटमा भने रुपन्देहीले २६–२४ अंकले जित हासिल गर्दै खेल बराबरीमा ल्याउन सफल भयो । अन्तिम तथा निर्णायक अंकमा १५–१२ अंकले जित्दै रुपन्देही पुनः उपाधि चुमेको हो ।

मणिमुकुन्द भलिबल क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेता उपविजेता, उत्कृष्ट खेलाडीहरुलाई एक कार्यक्रमका बिच प्रदेश नं. ५ का खेलकुद विकास समितिका अध्यक्ष, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्ल, क्लबका सल्लाहका टुक बहादुर क्षेत्री क्लबका अध्यक्ष मिलन राना, संयोजक सुरेन्द्र गुरुङ्गले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

विश्वकप २०२६ : साइबारीको ७० सेकेन्डमै गोल, मोरक्कोले स्कटल्यान्डको उत्सवमा ब्रेक लगायो

विश्वकप २०२६ : अमेरिकाको लगातार दोस्रो जित, अष्ट्रेलियालाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group