ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अधिकार प्राप्तीका लागि लडाई लडने राजपा, नेपालका नेताहरुको चेतावनी


admin
फाल्गुन २४, २०७५ शुक्रबार  ५ : ३९ बजे

काठमाडौं,२४ फागुन । सरकारलाई दिएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुले अधिकार प्राप्तीका लागि लडाई लडने चेतावनी दिएका छन ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरुले अधिकारी प्राप्तीका लागि लडाई लडेका आफ्ना पार्टीका सांसद रेशम चौंधरीलगायतका नेता, कार्यकर्तालाई जन्मकैदको सजाय दिने अदालतको फैसलाप्रति आपत्ति जनाउँदै देशभर आन्दोलनमा जाने चेतावनी दिनु भएको हो ।

नेता ठाकुरले सरकारले संघीयतालाई असफल बनाउने षडयन्त्र गरिरहेको उल्लेख गर्दै आक्रोश पनि व्यक्त गर्नु भयो । उहाँले संघीयता नरहे संविधान नरहनेतर्फ पनि सरकारलाई सचेत गराउनु भयो ।

शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय जनमुक्ति पार्टीसँगको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै नेता ठाकुरले सबैको अधिकारलाई सुनिश्चित गर्न संविधान संशोधनका लागि गरिएको पटक पटकको आग्रहलाई पनि सरकारले वेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो ।

अर्का नेता महतोले आफूहरुको अधिकार प्राप्तीको आन्दोलनलाई शासक वर्गले दमन गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिनु भयो । उहाँले अधिकार प्राप्तीको आन्दोलनमा आउन पनि सबै उपेक्षित समुदायलाई आह्वान गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी, नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता भएको पनि घोषणा गरिएको थियो । दुई पार्टीबीचको एकताले अधिकार प्राप्तीको आफूहरुको आन्दोलनलाई थप उचाईमा पु¥याउने नेता महतोले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com