ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय पत्रकारको कुम्भमेलामा नेपाली पत्रकार सिलवाल


admin

काठमाडौं,२४ फागुन । भारतमा सम्पन्न पत्रकार कुम्भमेलामा नेपाली पत्रकार अशोक सिलवाल सहभागी भएर स्वदेश फर्कनुभएको छ ।

कर्णाटक युनियन अफ वर्किङ जर्नालिष्ट एशोसिएसन (केयुडब्लुजेए) र मैसुर डिष्ट्रिक जर्नालिष्ट एशोसिएशन ¬(एमडिजेए) को संयुक्त आयोजनामा कर्णाटक राज्यको मैसुरस्थित सुतुरश्रीक्षेत्रमा यही फागुन १७–१८ गते आयोजित भेलामा कर्णाटक राज्यका करीब दुई हजार पाँच सय पत्रकार सहभागी थिए । 

राज्यस्तरको ३४ औंँ सो पत्रकार भेलालाई कर्णाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीले सम्बोधन गर्नुभएको थियो भने समग्र भेलामा विशेष आतिथ्यता र ‘भिडियो जर्नालिज्म ः न्यू च्यालेञ्जेज’ शीर्षकको सत्रको उद्घाटन तथा मन्तव्यका लागि सिलवाललाई त्यहाँ निम्त्याइएको थियो ।

भेलामा पुराना तस्वीर, छपाइ यन्त्र, रेडियो, क्यामरा र टिभी प्रदर्शनीमा राखिएको थियो भने पत्रकारिता र यस क्षेत्रका अनेक विषय र आयामबारे अनेक अन्तरक्रिया भएका थिए । वरिष्ठ पत्रकारको सम्मानसमेत गरिएको सो पत्रकारिता उत्सवमा कर्णाटकका अधिकांश सम्पादक, सम्वाददातामात्र होइन, मिडिया अध्येता र विद्यार्थीको पनि सहभागिता थियो ।

विद्यार्थीले पूर्वमुख्यमन्त्रीसँग राजनीति र फेक न्यूज आदिबारे छलफल गरेका थिए । मिडिया र राजनीति, मास मिडिया स्वसञ्चालन नीति, मिडिया एण्ड डिजिटलाइजेशन च्यालेञ्जेज, फोटो पत्रकारिता :बदलिँदो फोटोग्राफी दुनियाँ, मिडिया र लैङिक संवेदनशीलतालगायत दर्जनौं विषयमा अन्तरक्रिया भएको ।

सन् १९३४ मा स्थापित भएर शुरुदेखि नै पत्रकारको दक्षता अभिवृद्धि, पत्रकारिता पेशाको संरक्षण र वृत्ति विकासका लागि सक्रिय एमडिजेएमा कर्णाटक राज्यका सबै जिल्ला एशोसिएशन आबद्ध छन् । एमडिजेए इण्डियन फेडरेशन अफ वर्किङ जर्नालिष्ट (आइएफडब्लुजे) नयाँ दिल्लीसँग आबद्ध छ ।

त्यति ठूलो कार्यक्रममा भारतीय मित्रहरुले आफूलाई प्रदान गरेको सो सम्मान आफ्नो व्यक्तिगतभन्दा पनि नेपाल राष्ट्रको सम्मान भएको लाङ्टाङ सद्भावनादूतसमेत रहनुभएका सिलवालले बताउनुभयो । यसअघि श्रीलङ्काको सबभन्दा पुरानो पत्रकार संस्था श्रीलङ्का प्रेस एशोसिएशन (एसएलपिए)ले आफ्नो ६३ औंँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा नेपालका तर्फबाट पत्रकारिता, पर्यटन र प्राध्यापनमा सक्रिय सिलवाललाई निम्त्याइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com