ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत-पाकिस्तान सीमा क्षेत्रमा अझै पनि गोलाबारी जारी


admin

नयाँ दिल्ली, २३ फागुन । भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ । भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन् । 

उनीहरूले गत चौबिस घण्टामा भएका गोली हानाहानमा भारतीय पक्षमा कुनै मानवीय क्षति नभएको बुधबार दाबी गरेका हुन् । गोली हानाहान भए पनि मानवीय क्षति नहुनेतर्फ उच्च सतर्कता अपनाइएको सैन्य अधिकारीहरूले बताएका छन । 

समग्र अवस्था हेर्दा पहिलाको भन्दा धेरै शान्त छ, भारतीय सेनाद्वारा जारी वक्तव्यमा उल्लेख छ । भारत प्रशासित काश्मिरको पुलवामामा केही दिन पहिले भएको आतङ्कवादी हमलामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच फेरी तनाव बढेको हो । 

हमलाको जिम्मा पाकिस्तानस्थित चरमपन्थी सङ्गठन जैश ए मोहम्मदको हात रहेको बताउँदै आएको छ भने भारतले त्यसमा पाकिस्तानी सरकारकै संलग्नता रहेको दाबी गरेको छ । त्यही दाबीअनुसार भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेपछि पाकिस्तानले जवाफी कारबाही गर्दा भारतको एउटा लडाकू विमान खसालिदिएको थियो ।

त्यही विमानमा रहेका एक जना चालकलाई पाकिस्तानले नियन्त्रणमा लिएको थियो । तर ती विमान चालकलाई विनासर्त पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारततर्फ नै फिर्ता पठाएपछि तनावपूर्ण अवस्था पहिलाको भन्दा कम भएको हो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com