ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चट्याङ लागेर एउटै परिवारका तीन जना घाइते


एबीसी न्यूज


काठमाडौँ, २० फागुन ।  जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ मैतोलमा गएराति १० बजेर ५५ मिनेटमा चट्याङ पर्दा एउटै परिवारका तीन जना घाइते भएका छन् । 

घाइते हुनेमा २९ वर्षीया उजली नाथ, २१ वर्षीया निर्मला नाथ र २१ वर्षीय सञ्जय नाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते सबैको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरी नायब निरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिनुभयो । 

आमाबुबाको मृत्युपछि दुई बहिनी विचल्लीमा 

जिल्लाको बडीमालिका नगरपालिका–४ रिलामा दुई बहिनी विचल्लीमा परेकी छन् । बुबाआमाको मृत्युपछि पाँच वर्षीया बीपना दमाई र सात वर्षीया ज्योति दमाईं विचल्लीमा परेको स्थानीय नरेन्द्र नाथले बताउनुभयो । 

आमा मोतीकला दमाईंको चार वर्ष पहिले सुत्केरीको बेलामा मृत्यु भएको र बुबा लाल दमाईंको दुई महीना पहिला क्षयरोगका कारणले मृत्यु भएपछि दुई बहिनी विचल्लीमा परेको नाथले जानकारी दिनुभयो । 

विचल्लीमा परेकाी दुबै ७० वर्षीय औला दमाईं बज्यैको साहरामा बस्दै आएकी छिन् । आमा र बुबा दुवै नभएका यी बहिनी विद्यालयसमेत जाँदैनन्, दुवैको उमेर विद्यालय जानेभन्दा बढी भइसक्दासम्म पनि आर्थिक अवस्था कमजोर भएकाले विद्यालय जान नसकेको औला दमाईंले बताउनुभयो । 

सात वर्षीया ज्योतिले भनिन्, “आमाको मृत्युपछि बुबा पनि बिरामी हुनुभयो, बिरामी भए पनि केही आशा त हुन्थ्यो, तर बुबानै मृत्यु भएपछि बेसाहारा बनेका हौँ । आफू अरुका बाख्रा हेरेर छाक टार्ने गरेको छौँ, बहिनीलाई बज्यैले मागेर पाल्ने गरेको छ ।” 

अरुका लुगाकपडामा मागेर लाउने गरेका छौँ, कुनै दिन त खाना नपाएर भोकै बस्ने गरेको उनले दुखेसो गरिन् । विद्यालय जाने रहर त थियो तर कापी, कलम र लुगा किन्ने पैसा नभए कारण विद्यालय जान नसकेको सात वार्षीया दमाईंको भनाइ छ । 

बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले विचल्लीमा रहेका ती दुई बहिनीको अवस्थाका बारेमा सोमबार स्थलगत अनुगमन गरेर जानकारी लिनुभएको छ । ती दुई बहिनीको तत्काल उद्धार र संरक्षणका लागि पहल गर्ने उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सम्पन्न, भव्य स्वागत र अर्बौं डलरका व्यापारिक सम्झौतामा हस्ताक्षर

सम्बन्धित

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

शिक्षकलाई शिक्षामन्त्री पन्तले बोलाए वार्तामा

सामाजिक सञ्जालमा ट्राफिक प्रहरीबाट सर्वसाधारण निर्घात कुटपिट भएको भिडिओ सार्वजनिक

शिक्षक आन्दोलन आज पनि निरन्तर, ऐन जारी नभएसम्म नफर्किने अडान

इलिमिनेटरमा जितसहित पोखरा दोस्रो क्वालिफायरमा, चितवन बाहिरियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com