ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको अलाबामा राज्यमा आँधी, २३ जनाको मृत्यु


admin
फाल्गुन २०, २०७५ सोमबार  १ : ०९ बजे
A wave of strong storms with possible tornadoes passed through the Chattahoochee Valley on Sunday afternoon, causing fatalities Beauregard, Ala., and dropping this cell tower across U.S. 280 in Lee County, Alabama in the Smiths Station community.

एजेन्सी,२० फागुन ।  अलाबामा राज्यको दक्षिण पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण मर्नेको संख्या २३ जना पुगेको छ । प्रहरीका अनुसार आँधीका कारण धेरै मानिस घाइते भएका छन् । आँधीले धनजनको ठूलो क्षति भएको छ । 

“पछिल्लो विवरण अनुसार २३ जनाको मृत्यु भएको छ । दुर्भाग्यवस, यो संख्या अझै बढ्ने खतरा देखिएको छ,” ली काउन्टी प्रहरी प्रमुख जे जोन्सले बताउनुभयो । 

जोन्सले आँधीबाट अति प्रभावित भएको क्षेत्रमा आइतबार ड्रोन उडाएर विवरण सङ्कन गरिएको बताउनुभयो । सोमबार व्यापक खोज तथा उद्धारको कार्य गरिने उहाँले जानकारी दिनुभयो । 

जोन्सले आँधीबाट मानिसका घरहरुमा व्यापक क्षति पुग्नुका साथै घरले थिचेर धेरै मानिस घाइते भएको बताउनुभयो । उहाँले तत्काल उद्धार गरिएका सयौं मानिसलाई अस्पतालमा भर्ना गरिएको र केही व्यक्ति निकै गम्भीर अवस्थामा रहेको जानकारी दिनुभयो । 

राष्ट्रिय मौसम निकायले निकै शक्तिशाली आँधीले अलाबामा करिब एक किलोमिटरको क्षेत्रमा व्यापक क्षति गर्न सक्ने पूर्वानुमान गरेको थियो । 

आइतबार अपराह्न आँधी आएलगत्तै आपतकालीन उद्धारकर्मीहरु खोज तथा उद्धारका लागि परिचालन गरिएका थिए । उक्त आँधी जर्जिया, दक्षिण क्यारोलिना र फ्लोरिडा राज्यतर्फ पनि फैलिएको थियो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरी सावधानी अपनाउन र सुरक्षित रहन आग्रह गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com