ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

मुलुक समृद्धीको बाटोमा अघि बढिसक्यो – अर्थमन्त्री खतिवडा (भिडियोसहित)


एबीसी न्यूज
फाल्गुन १९, २०७५ आईतबार  १० : ०७ बजे



काठमाडौं ,१९ फागुन।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफनो १ वर्षे कार्यकाल पूरा गरिसकेको छ । आफ्नो १ वर्षको अवधिमा मुलुकको आर्थिक समृद्धि बलियो जग हाल्ने काम भएको सरकारको भनाई छ । अर्थविज्ञका रुपमा रहेका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम जस्ता कार्यक्रम सरकारले १ वर्षमा कसको पक्षमा काम ग¥यो भन्ने स्पष्ट गराएको बताउनुभयो ।

सात–नौ महिनामै सरकार परिर्वतन हुने परम्परालाई तोड्दै बनेको यो ५ वर्ष स्थिर सरकारको पहिलो एक वर्षको कार्यकाललाई थोरै भएपनि आशा र अपेक्षा रुपमा समेत लिने गरिएको छ ।

सरकारको एक वर्ष विशेष गरी बिकास निमार्ण भन्दा पनि लामो समयदेखि अल्झिएर बसेका कानुनलाई नया बनाउनमै बितेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारको एक वर्षले देशको आर्थिक समृद्धिको मजबुत जग हाल्ने काम गरेको दावी गर्नुभएको छ । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकमा कुरा गर्दै अर्थमन्त्री खतिवडाले १ वर्षमा उच्च आर्थिक बृद्धिदरको लागि आधार, अल्पविकसितबाट विकासशील राष्ट्रतर्फ अगाडी बढ्नका लागि आर्थिक सुचाङ्कहरु सकरात्मक बन्दै गएकोले आर्थिक सुधारको आधार वर्षको रुपमा सरकारको काम गरको बताउनु भएको हो ।
सरकारको १ वर्ष कर, राजस्व संकलनले आर्थिक क्षेत्रमा उत्साहजनक परिणाम दिए पनि अर्काे वर्ष सरकारको आर्थिक लक्ष्य कसरी अगाडी बढ्ला भन्ने सबैको चासोको बिषय समेत बनेको छ । तर अर्थमन्त्री खतिवडाले सरकारको एक वर्षमा आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य, रोजगार जस्ता कार्यक्रममा नागरिकको पह“ुचको बढाउने काम भएको दाबी गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम, स्वदेशमै रोजगारीका लागि युवा स्वरोजगार कार्यक्रमले हजारांै मानिसलाई रोगजार बनाउने प्रयास १ वर्षको प्रतिफल भएको बताउनुभयो ।


स्थिर सरकारसंगै नेपालमा बैदेशिक लगानीको लागि समेत आकर्षण स्थलको रुपमा हेरिरहेका छन् । ऐन, कानुन तथा एकद्वार प्रणालीबाट उद्योग व्यवसाय नीति पारीत गर्ने तयारी भइरह“दा उद्योग व्यवसायमा समेत लगानीको वातावरण बनिरहेको छ । यस्तै सरकारले आगामी चैत १५ र १६ गते ‘नेपाल लगानी सम्मेलन’ गर्दैछ ।

अर्थमन्त्री खतिवडा सरकारले लगानीको लागि मन्त्रीपरिषदको निर्णयबाटै एकद्वार नीति ल्याइएको र संसदबाट पारित हुने चरणमा रहेकोेले सम्मेलनले निजीक्षेत्रका लागि नेपालमा लगानी भित्र्याउने आधार तयार गर्ने दाबी गर्नुभयो ।
पछिल्लो समय बैकहरुमा देखिएको व्याजदर समस्यालँई बैकिङ तरलताले केही समस्या जस्तो देखिएता पनि राष्ट्र बैंक, बैंक र व्यवसायीहरु बीचको छलफलबाट समस्याको समाधान गर्ने प्रयास भएको भन्दै आत्तिनु पर्ने अवस्था नरहेको अर्थमन्त्री भनाइ छ । यसरी पहिलो वर्षलाई सरकारले समृद्धिको आधार तय गर्ने भनेपछि अर्काे वर्ष जनताले महशुस गर्ने र देख्नेगरी साच्चिकै देश समृद्धीको बाटोमा हिड्न सक्यो भने साचो अर्थमा मुलुकमा स्थिर सरकार भएको अनुभूति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

धन्यवाद र मौनताबीचको राजनीति: एमाले अध्यक्ष किन चुप ?

‘उत्साहजनक सहभागितासहित निर्वाचन सम्पन्न, स्वागत गर्छौँ’ : भारत

सम्बन्धित

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

विश्व महाशक्तिको सम्पूर्ण प्रहारका बावजुद कसरी टिकिरहेको छ इरानी सत्ता ?

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

इरानमाथि आक्रमणः ‘रेजिम चेन्ज’ प्रयास कसरी अगाडि बढ्यो ?

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com