ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुक समृद्धीको बाटोमा अघि बढिसक्यो – अर्थमन्त्री खतिवडा (भिडियोसहित)


एबीसी न्यूज



काठमाडौं ,१९ फागुन।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफनो १ वर्षे कार्यकाल पूरा गरिसकेको छ । आफ्नो १ वर्षको अवधिमा मुलुकको आर्थिक समृद्धि बलियो जग हाल्ने काम भएको सरकारको भनाई छ । अर्थविज्ञका रुपमा रहेका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम जस्ता कार्यक्रम सरकारले १ वर्षमा कसको पक्षमा काम ग¥यो भन्ने स्पष्ट गराएको बताउनुभयो ।

सात–नौ महिनामै सरकार परिर्वतन हुने परम्परालाई तोड्दै बनेको यो ५ वर्ष स्थिर सरकारको पहिलो एक वर्षको कार्यकाललाई थोरै भएपनि आशा र अपेक्षा रुपमा समेत लिने गरिएको छ ।

सरकारको एक वर्ष विशेष गरी बिकास निमार्ण भन्दा पनि लामो समयदेखि अल्झिएर बसेका कानुनलाई नया बनाउनमै बितेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारको एक वर्षले देशको आर्थिक समृद्धिको मजबुत जग हाल्ने काम गरेको दावी गर्नुभएको छ । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकमा कुरा गर्दै अर्थमन्त्री खतिवडाले १ वर्षमा उच्च आर्थिक बृद्धिदरको लागि आधार, अल्पविकसितबाट विकासशील राष्ट्रतर्फ अगाडी बढ्नका लागि आर्थिक सुचाङ्कहरु सकरात्मक बन्दै गएकोले आर्थिक सुधारको आधार वर्षको रुपमा सरकारको काम गरको बताउनु भएको हो ।
सरकारको १ वर्ष कर, राजस्व संकलनले आर्थिक क्षेत्रमा उत्साहजनक परिणाम दिए पनि अर्काे वर्ष सरकारको आर्थिक लक्ष्य कसरी अगाडी बढ्ला भन्ने सबैको चासोको बिषय समेत बनेको छ । तर अर्थमन्त्री खतिवडाले सरकारको एक वर्षमा आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य, रोजगार जस्ता कार्यक्रममा नागरिकको पह“ुचको बढाउने काम भएको दाबी गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम, स्वदेशमै रोजगारीका लागि युवा स्वरोजगार कार्यक्रमले हजारांै मानिसलाई रोगजार बनाउने प्रयास १ वर्षको प्रतिफल भएको बताउनुभयो ।


स्थिर सरकारसंगै नेपालमा बैदेशिक लगानीको लागि समेत आकर्षण स्थलको रुपमा हेरिरहेका छन् । ऐन, कानुन तथा एकद्वार प्रणालीबाट उद्योग व्यवसाय नीति पारीत गर्ने तयारी भइरह“दा उद्योग व्यवसायमा समेत लगानीको वातावरण बनिरहेको छ । यस्तै सरकारले आगामी चैत १५ र १६ गते ‘नेपाल लगानी सम्मेलन’ गर्दैछ ।

अर्थमन्त्री खतिवडा सरकारले लगानीको लागि मन्त्रीपरिषदको निर्णयबाटै एकद्वार नीति ल्याइएको र संसदबाट पारित हुने चरणमा रहेकोेले सम्मेलनले निजीक्षेत्रका लागि नेपालमा लगानी भित्र्याउने आधार तयार गर्ने दाबी गर्नुभयो ।
पछिल्लो समय बैकहरुमा देखिएको व्याजदर समस्यालँई बैकिङ तरलताले केही समस्या जस्तो देखिएता पनि राष्ट्र बैंक, बैंक र व्यवसायीहरु बीचको छलफलबाट समस्याको समाधान गर्ने प्रयास भएको भन्दै आत्तिनु पर्ने अवस्था नरहेको अर्थमन्त्री भनाइ छ । यसरी पहिलो वर्षलाई सरकारले समृद्धिको आधार तय गर्ने भनेपछि अर्काे वर्ष जनताले महशुस गर्ने र देख्नेगरी साच्चिकै देश समृद्धीको बाटोमा हिड्न सक्यो भने साचो अर्थमा मुलुकमा स्थिर सरकार भएको अनुभूति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com