ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्याटालोनिया स्पेनबाट छुट्टिने


admin

काठमाण्डौं, १९ असोज । क्याटालोनियाका नेताले स्पेनका राजा फेलिपे छैटौंले लाखौं क्याटलान नागरिकको बेवास्ता गरेको भन्दै आलोचना गरेका छन् ।

टेलिभिजन सम्बोधनको क्रममा क्याटालोनियाका नेता कार्लेस पुइग्डमन्टले राजा फेलिपेले स्पेनिस सरकारको कुरामा मात्रै सुनेको र क्याटलान नागरिकलाई बेवास्ता गरेको आरोप लगाएका छन् । नेता कार्लेसले अहिले आफूहरु मेडिटेसनको अवस्थामा रहेको भन्दै आउदो हप्ता क्याटालोनियालाई स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने संकेत गरेका छन् ।

स्पेनका राजा फेलिपे छैटौंले मंगलबार राति टेलिभिजन सम्बोधनको क्रममा जनमतसंग्रहको आयोजना गरेर क्याटालोनियाले आफूलाई कानुन भन्दा बाहिर लगेको बताएका थिए । क्याटालोनिया संकटका बारेमा पहिलो पटक सम्बोधन गर्नुभएका राजा फेलिपे छैटौंले अहिलेको अवस्था स्पेनका लागि निकै गम्भीर रहेको र सबै पक्षलाई एकताका लागि आह्वान समेत गरेका थिए । त्यसको २४ घण्टापछि नेता कार्लेसले राजा फेलिपे छैटौंले समस्या समाधानका लागि मध्यस्तकर्ताको भूमिका खेल्नुको साटो क्याटलान नागरिकलाई बेवास्ता गरेको आरोप लगाएको हो । स्पेनबाट अलग हुन चाहेको क्याटालोनियामा आइतबार जनमतसंग्रह भएको थियो । स्पेनको संवैधानिक अदालतले अवैध भनेको जनमतसंग्रहमा भोट दिएका झण्डै ९० प्रतिशतले स्वतन्त्रताको पक्षमा मत खसालेको क्याटालोनियाका नेताको दाबी छ । तर स्पेन सरकारले भने यसलाई अवैध भन्दै आएको छ । जनमतसंग्रहमा मतदातालाई रोक्ने प्रयासमा लागेको प्रहरीको कारवाहीमा ९ सय भन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com