काठमाडौँ, १६ फागुन । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव बोकेर उडेको हेलिकप्टर काठमाडौंमा ल्यान्ड भएको छ। त्रिभुवन विमानस्थलमा रहेका ७ वटा एम्बुलेन्सले शवलाई त्रिवि शिक्षण अस्पताल लैजादैँ छन् ।

साथै विमानस्थलमा अहिले गृहमन्त्री रामबहादुर थापा, रक्षा मन्त्री ईश्वर पोखरेल, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित लगायतका मन्त्रीहरुसमेत पुगेका थिए ।







प्रतिक्रिया दिनुहोस्