ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिपिएलः काठमाडौंँद्वारा खेल वहिष्कार


एबीसी न्यूज

धनगढी, १० फागुन ।  काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर्स खेल बहिष्कार गरेको छ । 
भारतीय खेलाडी अङ्कित दबासलाई बलिङमा प्रतिबन्ध लगाएको भन्दै काठमाडौंले महेन्द्रनगर युनाईटेड विरुद्धको क्वालिफायर्स खेल बहिष्कार गरेको हो । काठमाडौंले धनगढीको फाप्ला क्रिकेट मैदानमा आज महेन्द्रनगर युनाईटेडसंँग प्रतिस्पर्धा गर्ने तालिका थियो । बलिङ शंकास्पद रहेको दावी सहित बिहीवार दबासलाई प्रतिबन्ध लगाएको थियो । काठमाडौं गोल्डेन्सल खेलेको दुई फरक खेलमा दबासको बलिङ एक्सन अनाधिकृत रहेको प्राविधिक टोलीको दाबी छ । 
काठमाडौँका टिम व्यवस्थापक संजय श्रेष्ठले भारतका विभिन्न खेल खेलेका खेलाडीलाई बिना कारण कारबाही गरेकोले खेल नखेलेको बताउनुभयो । उहाँले आईसिसीको नियमको पालना आयोजकले नगरेको र मैदानको अवस्था खराब रहेकाले नखेल्ने निर्णय गरेको जानकारी दिनुभयो । 
काठमाडौंले जितेका तीन खेलमा दबास अलराउन्ड प्रदर्शन गर्दै ‘म्यान अफ दि म्याच’ चुनिएका थिए । दबासले काठमाडौंबाट सर्वाधिक छ विकेट लिनुका साथै १५३ रन बनाएका थिए । आज निर्धारित खेलको समयमा काठमाडौँ मैदानमा नगएपछि महेन्द्रनगर युनाईटेड सिधैं फाईनलमा पुगेको छ । महेन्द्रनगरले शनिवार हुने फाइनलमा सिवाईसी अत्तरियाको सामना गर्नेछ । 
––– 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com