काठमाडौं, १६ असोज । सीमा रक्षक देवनारायण यादवको विनासर्त रिहाको माग गर्दै विद्यार्थीहरुले नेपाल स्थित भारतीय दुतावास परिसरमा प्रदर्शन गरेका छन् ।
सप्तरीको तिलाठी कोइलाडीका देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गरको विरोधमा संयुक्त विद्यार्थी संगठनले भारतीय दुतावास अगाडी विरोध प्रदर्शन गरका हुन । गत आइतबार भारतीय प्रहरीले देवनारायण यादवलाई फक्राउ गरेको थियो ।
सीमा रक्षक देश भक्त देवनारायण यादवलाई ससम्मान रिहा गर्नु पर्ने, सीमा हस्तक्षेप बन्द गर्नु पर्ने, भारतको दादागिरी बन्द गर्नु पर्ने माग राख्दै विद्यर्थीहरुले प्रदर्शन गरेका हुन ।
भारतीय प्रहरीले पक्राउ गरेका यादवलाई कुनीकि पहलबाट रिहाको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिरोध सभालाई सम्बोध गर्दै विद्यार्थी नेताहरुले नेपाल र नेपालीप्रतिको हेपाहा प्रवृति त्याग्न भारतीय पक्षलाई आग्रह समेत गरेका िथए ।
प्रतिक्रिया दिनुहोस्