ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्मानजनक व्यवहार गर्न मनोरञ्जन क्षेत्रका श्रमिक महिलाको माग


एबीसी न्यूज

काठमाडौँ – बाग्लुङकी करिष्मा थापाको विवाह १४ वर्षमै भयो । विवाहपछि उहाँका दुई छोरी भए । 

छोरी मात्र जन्माएका कारण परिवारबाट शारीरिक तथा मानसिक यातना पाउनुभएकी थापा माइतीबाट समेत सहारा नपाए पछि अन्ततः एक साथीको सहयोगमा काठमाडौँमा आइपुग्नुभयो । 

अध्ययन नभएकाले राम्रो जागिर पाउने सम्भावना नभएपछि साथीको सहयोगमार्फत उहाँले एक रोधीमा वेटरको रुपमा काम शुरु गर्नुभयो । त्यहाँ काम गर्दागर्दै थापा दोहोरी सिकेर दोहोरी गायिका पनि हुनुभयो । 

कामबाट राम्रै पारिश्रमिक आएपनि छोरीका लागि समय नभएपछि साथीको घरमा छोरी जिम्मा लगाएर काममा जान थाल्नुभकी उहाँले भन्नुभयो, “हाम्रो कामकै कारण हाम्रो सन्तान समेत सुरक्षित छैनन् भने राज्यले हामीलाई सुरक्षा दिने कहिले” आफू मनोरञ्जन क्षेत्रको श्रमिक भएकै कारण आफ्ना छोरीसमेत सम्मानित नभएको उहाँको गुनासो थियो । 

नयाँ व्यक्तिले रोधी चलाउने भनेर उहाँलगायत अन्य साथीलाई केही समयपछि पुनःबोलाउने बहानामा तीन महीनाको पारिश्रमिक समेत नदिइ पठाइयो । केही समयपछि रोधीका लगानीकर्ताले उहाँलाई उसैसँग बस्न भनी बोलायो तर उसको नियत ठिक नभएकाले थापाले इन्कार गर्नुभयो । त्यो घटनाले उहाँलाई न त काममा बोलाइयो न त काम गरेबापतको पारिश्रमिक नै दिइयो । काममा बोलाउला भन्ने आशैआशमा थापाले अन्य ठाउँबाट आएको कामको प्रस्ताव समेत मान्नुभएको थिएन । 

उहाँले श्रम विभागमा आफूले काम गरेको पारिश्रमिक पाउन भनी मुद्दा समेत दायर गरेपनि अहिलेसम्म पारिश्रमिक अझै पाउन सक्नुभएको छैन । “कि त हामीलाई कामको सुनिश्चितता चाहियो, होइन भने हाम्रो पारिश्रमिक समयमा नै दिनुप¥यो”, थापाको आक्रोस थियो । हाल उहाँ काठमाडौँकै एक रोधीमा काम गर्नुहुन्छ । 

त्यसैगरी पोखराको एक स्पामा काम गर्दै आउनुभएकी २४ वर्षीय शर्मिला श्रेष्ठ आफूले यस क्षेत्रमा काम गर्दै जाँदा आफूमाथि धेरै नै शोषण भएको बताउनुभयो । एकातिर परिवारको आर्थिक समस्या अर्काे मासिक रु आठ हजार पारिश्रमिक मात्र । त्यसमाथि भनेको समयमा तलब नपाइने । अर्काे समस्या त समाजले आफूमाथि हेर्ने दृष्टिकोण पनि नराम्रो । स्पामा काम गर्ने केटी भन्नेवित्तिकै सबैले चरित्रहीन जस्तै व्यवहार गर्ने गरेको उहाँको गुनासो थियो । 

श्रेष्ठले प्रश्न गर्नुभयो, “हामीलाई पनि अन्य क्षेत्रमा काम गर्ने मानिस सरहको सम्मानजनक व्यवहार कहिले गरिन्छ।” चाहेर पनि आफू यस दलदलबाट निस्कन नसकेको उहाँको भनाइ थियो । विशेषगरी मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई आर्थिक शोषण त छ नै अर्काेतिर उनीहरू यौन शोषणका शिकार पनि बनिरहेका छन् । 
बुटवलको एक रोधी घरमा काम गर्दै आउनुभएकी रमिला मोक्तान आफू मनोरञ्जन क्षेत्रमा काम गरेकै कारण कोठा पाउनसमेत गाह्रो हुने गरेको दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “बस्नको लागि कोठा भाडामा त पाइन्छ, तर राति अबेलासम्म काम गर्नुपर्ने हुँदा घरबेटीले ढोका नै खोलिदिँदैनन् ।” मनोरञ्जन क्षेत्रमा काम गर्ने भन्नेवित्तिकै समाजको मात्र नभइ ग्राहकको समेत गलत नजर हुने गरेको उहाँले बताउनुभयो । 

सरकारले मनोरञ्जन क्षेत्रमा काम गर्ने कामदारका लागि पनि अन्य काम गर्ने व्यक्ति सरह नै सम्मानजनक व्यवहार हुनुपर्ने बताउँदै आए पनि अहिलेसम्म सो व्यवहार नभएको उनीहरुको गुनासो थियो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

सम्बन्धित

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

वृद्धभत्ता पाउने न्यूनतम उमेर ७० वर्ष पुर्‍याउने र राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने

आईएमएफ सर्त अनुसार १० वाणिज्य बैंकको लेखा परीक्षण असारबाट सुरु हुने

सरकार यही ढंगले अघि बढे बर्खापछि ठुलो जनविद्रोह हुन्छ – अध्यक्ष प्रचण्ड

अध्यक्ष प्रचण्डलाई पर्वतमा १८ संस्थाको संयुक्त अभिनन्दन

एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ – प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com