ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुखुरा मर्न थालेपछि कृषकलाई ठूलो क्षति


एबीसी न्यूज

 
काठमाडौँ – कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । 

रोगका कारण कुखुरा मर्ने र उत्पादन घट्ने हुँदा कृषक ठूलो मात्रामा नोक्सान व्यहोर्न बाध्य भएका हुन् । पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागार्इंका अनुसार मङ्सिरमा हेटौँडामा देखिन शुरु गरेको रोग पूर्वी चितवन हुँदै नवलपरासीसम्म फैलिएको छ । दैनिक प्रयोगशालामा ४० वटा हाराहारी नमूना परीक्षणका लागि आउने गरेका छन् । तीमध्ये १० वटा हाराहारीमा एच नाइन देखिएको उहाँले बताउनुभयो । 

नमूना नल्याइएका र समस्या देखिएका कुखुराका खोर पनि प्रशस्त रहेको उहाँले बताउनुभयो । कार्यालयले दुई सयभन्दा बढी नमूना थप परीक्षणका लागि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाएको उहाँले बताउनुभयो । 

प्रमुख डा चापागाईँका अनुसार जैविक सुरक्षा अपनाएर उपचार गरेका कृषकका कुखुरा २५ प्रतिशतसम्म मरेको भए पनि सुरक्षा अपनाउन नसकेका कतिपय खोरका सबै कुखुरा मरेको उहाँले बताउनुभयो । 

शुरुमा लेयर्स कुखुरामा देखिएको यो समस्या माउ कुखुरा ९प्यारेन्ट० र ब्रोइलरमा पनि देखिन थालेको छ । यो रोगको सङ्क्रमण देखिन थालेपछि शुरुमा दाना नखाने, बिरामी कुखुराले मुन्टो पखेटामुनि राखेर बस्ने, आँखाको डिल सुनिने, अण्डा घटाउँदै लैजाने, अण्डाको बोक्रा पातलो हुने र झोक्राएर मर्न थाल्ने चापागाईंले बताउनुभयो । 

बर्डफ्लूकै वर्गको रोग भए पनि कुखुरा मर्दा राज्यले अनुदान नदिने र बीमा कम्पनीले बीमा नगरिदिने हुँदा कृषक मर्कामा परेको नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्डफ्लु हुँदा राज्यले अनुदान दिन्छ, तर उत्तिकै नोक्सान हुने एच नाइनमा कसैको सहयोग रहँदैन ।” 

उहाँका अनुसार विगत सात÷आठ वर्षयता एच नाइनका कारण वर्षेनी कृषकले ठूलो नोक्सानी व्यहोर्दै आएका छन् । बढ्दो दानाको मूल्य र घट्दो अण्डाको मूल्यका कारण अण्डा उत्पादक कृषक पलायन हुने अवस्था सिर्जना भएको बेलामा रोगले कुखुरा मर्न थालेपछि थप समस्या व्यहोर्नु परेको उहाँले बताउनुभयो । 

नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार वर्षौदेखि रोग विरुद्धको खोप दिनुपर्ने माग गरेको भए पनि राज्यले बेवास्था गर्दा वर्षेनी अर्बौंको नोक्सान पोल्ट्री क्षेत्रले व्यहोर्नु परेको बताउनुभयो । उहाँका अनुसार गैरकानुनी रुपमा लुकाइछिपाइ भित्रिएको खोपले केही कुखुरा बच्ने गरेको भए पनि अधिकांश कुखुरामा रोग देखिँदा समस्या भएको छ । 

नेपालका ठूला कुखुरापालक कृषकसमेत रहनुभएका विष्टले भन्नुभयो, “हाम्रो मन्त्रालयको अर्कमण्यता र पशुसेवा विभागको बदमासीका कारण कृषकले हरेक वर्ष अर्बौको क्षति व्यहोर्नु परेको छ ।” विष्टका अनुसार एच नाइन देखिएका कुखुराले उत्पादन नदिने तर दाना खाइरहने हुँदा कृषकले नोक्सानी व्यहोर्नु परेको छ । उत्पादन घटेपछि बिक्री भएका सङ्क्रमित कुखुराका कारण रोग झनै फैलिने गरेको उहाँले बताउनुभयो । 

नेपाल ह्याचरी उद्योग सङ्घका अध्यक्ष टीकाराम पोखरेल सरकारले खोप भित्र्याउन अनुमति दिएमा यी समस्या हटेर जाने बताउनुहुन्छ । देशमा आत्मनिर्भर भएको पोल्ट्री व्यवसायमा वर्षौदेखि देखिएको यो रोगका कारण कृषक विस्थापित हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । 

नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार गत वर्षभन्दा कम कुखुरा मरेको भए पनि उत्पादन निकै घटेको छ । जसका कारण कृषकले ठूलो क्षति व्यहोरेको उहाँले बताउनुभयो । 

प्रयोगशालाका प्रमुख डा चापागार्इंका अनुसार नेपालकै रोग लागेका कुखुराहरुबाट खोप तयार गरेर दिन व्यवसायी तयार रहेको भन्दै सरकारले नीतिगत निर्णय गर्न मात्रै बाँकी रहेको बताउनुहुन्छ । 

नेपालमा कुखुरापालन क्षेत्रमा झण्डै रु एक खर्ब लगानी भएको व्यवसायीले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हल्का वर्षाले प्रदूषणमा कमी, प्रदूषित सहरको सूचीमा काठमाडौं अझै पनि १५औं स्थानमा

आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान

सम्बन्धित

पूर्वीनाकाबाट चार करोड ६० लाख रुपैयाँको खरबुजा भित्रियो

खनाल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, तीन वर्षभित्र ४०८ वटा काम गरिने (पूर्णपाठ)

अमेरिकी राजदूत थम्प्सन मुस्ताङमा

प्रचण्डसहितको माओवादी टोलीलाई बागलुङ नगरपालिकामा सम्मान

जर्मन राष्ट्रपतिद्वारा नेपालमा कार्यरत सामजिक संस्थाका सञ्चालकलाई सर्वोच्च सम्मान

राष्ट्रिय अनुसन्धान तथा विकास परिषद् स्थापना गरिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com