ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानसिक अस्पतालमा श्यया अभाव


एबीसी न्यूज
फाल्गुन ६, २०७५ सोमबार   ४ : ३५   बजे


काठमाडौैँ – गत साता एक कैदीलाई भेट्न उनकी आमा नख्खु कारागारमा पुग्नुभयो । 

मानसिक रोगबाट पीडित उनलाई भर्ना गरेरै उपचार गर्नुपर्ने देखिएको कारागारमा कार्यरत स्वास्थ्यकर्मीले सल्लाह दिएका थिए । त्यहाँबाट आमा छोराको उपचारका लागि कुरा गर्न अस्पताल आउनुभएको थियो । अस्पतालले अहिले कुनै पनि श्यया खाली नभएको भन्दै फर्काएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “खै कहिलेसम्म कुर्नुपर्ने हो टुङ्गो छैन ।” 

लगनखेलस्थित मानसिक अस्पतालमा दैनिक देखिने दृष्य हो यो । मानसिक रोग सम्बन्धी केन्द्रीय अस्पतालमा श्यया अपर्याप्त हुँदा उपचारका लागि त्यहाँ आएका धेरै बिरामी फर्किने गरेका छन् । 

बहिनीलाई जचाँउन नुवाकोटबाट आउनुभएका एक युवक श्यया अभावकै कारण फर्कन लाग्नुभएको भेटिनुभयो । कडा खालका मानसिक रोग भएकाले भर्ना गरेर उपचार गर्नुपर्ने मानसिक रोग विशेषज्ञ सल्लाह दिएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “कुरेर यहाँ बस्नुभन्दा यहाँ श्यया खाली भएको खबर आएपछि नै आउनुपर्ला ।” अस्पतालमा श्यया अभावका कारण मानसिक रोग विशेषज्ञले सल्लाह दिनासाथ भर्ना गरेर उपचार गर्न नपाइएको कुरुवा बताउँछन् । पछिल्लो समयमा बिरामीको चाप बढेपछि यहाँ रहेको श्यया अपर्याप्त भएको हो । 

कडा खालका मानसिक रोगीको आगमन बढिरहेकाले श्यया अपर्याप्त भएको अस्पतालले जनाएको छ । बिरामीका परिवारका सदस्य वा आफन्त कडा मानसिक रोग लागेकालाई घरमै राख्दा आफू स्वयं र अरुलाई क्षति पु¥याउने भन्दै अस्पतालमा राखेर उपचार गर्न चाहेको बताउँछन् । अस्पताल परिसरमा भेटिएका उनीहरुले अस्पतालले एकातिर भर्ना गर्न सल्लाह दिने अर्कातिर ठाउँ छैन भन्दै फर्काएको गुनासो गर्छन् । 

यस अस्पतालमा अहिले जम्मा ५० श्यया रहेको छ । यहाँ भएका श्यया कहिले पनि खाली नहुने गरेको अस्पतालमा कार्यरत प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट अनन्त अधिकारीले बताउनुभयो । अस्पतालमा भर्ना भएका एक जना बिरामी अस्पतालबाट छाड्ने अनुमति (डिस्चार्ज) हुँदा अर्काे लाममा नै हुने गरेको उहाँले बताउनुभयो । 

श्यया नभएकाले गर्दा धेरै बिरामीलाई घर पठाएर लाममा राख्ने गरिएको छ । उहाँले भन्नुभयो, “अस्पतालमा आएकालाई नफर्काउन र विशिष्ठकृत सेवा दिन ३०० श्यया आवश्यक रहेको छ ।” श्यया अपुग भएको भन्दै स्वास्थ्य सेवा विभागसँग ३०० श्ययाको माग गरेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार अस्पतालले लामो समयदेखि जनशक्ति अभाव भोग्दै आएको छ । उहाँले भन्नुभयो, “अहिलेका लागि ५० श्यया थप गरेर १०० श्यया बनाउँदा तत्काल काम गर्न सहज हुन्थ्यो ।” रोगको अवस्था र सुधार हेरेर एक÷दुई सातादेखि एक महीनासम्म पनि बिरामीलाई राखेर उपचार गर्ने गरिएको प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार अस्पतालले कडा खालका बिरामीलाई अस्पतालको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्ने र सामान्य बिरामीलाई औषधि दिएर घर फर्काउने गरेको छ । अस्पतालमा श्ययासँगै मानसिक रोग विशेषज्ञसमेत अपर्याप्त रहेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार अस्पतालमा निर्देशकसहित सातको दरबन्दी छ । तर अहिले चार जना मात्रै कार्यरत छन् । एकातिर भएको दरबन्दी अपर्याप्त रहेको र अर्कोतिर दरबन्दीभन्दा कम जनशक्ति कार्यरत रहेको उहाँले बताउनुभयो । जनशक्ति अपर्याप्त हुँदा एकै जना मानसिक रोग विशेषज्ञले ५० देखि १०० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालको श्यया र जनशक्ति दुवै बढाउन हामीले स्वास्थ्य सेवा विभागलाई भनिरहेका छौँ ।” अस्पतालको बहिरङ्ग विभागमा दैनिक १५० देखि २०० सम्म बिरामी उपचारका लागि आउने गरेका छन् । 
––– 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group