ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप क्वालिफायर : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर


एबीसी न्यूज

This image has an empty alt attribute; its file name is Womens-Cricket-Nepal.png



काठमाडौँ, ६ फागुन ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एशिया क्वालिफायर छनोट खेल मङ्गलबारदेखि थाइल्याण्डमा शुरु हुँदैछ । प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलो हो । 

प्रतियोगितामा एशियाका सात राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक थाइल्याण्डसँगै नेपाल, युएई, मलेशिया, चीन, हङकङ र कुवेतले राउण्ड रोबिन लिगमा खेल्नेछन् । प्रत्येक टिमले छ्र÷छ खेल खेल्नेछन् । 

नेपालका लागि विश्वकपसम्म पुग्ने यो पहिलो ढोकाको रुपमा रहेको छ । क्वालिफायरमा एकआपसमा खेलिसकेपछि अङ्कतालिकामा शीर्ष स्थानमा रहने टिम ग्लोबल क्वालिफायरमा छानिनेछ । त्यो पनि दुई विश्वकपको क्वालिफायरका लागि । 

क्वालिफायरअघि थोरै समयको तयारी भए पनि थाइल्याण्डमै भएको टी–२० स्म्यास प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको नेपाली महिला टोली उच्च मनोबलका साथ थाइल्याण्ड गएको छ । 

क्वालिफायर अन्तर्गतका खेल आजदेखि शुरु भए पनि नेपालले पहिलो खेल मङ्गलबार मलेशियासँग खेल्दै क्वालिफायर शुरु गर्नेछ । दोस्रो खेल फागुन ९ गते थाइल्याण्डसँग, १० गते संयुक्त अरब इमिरेट्स (यूएई), फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा छानिनेछ । 

नेपालले गत महीना थाइल्याण्डमै भएको टी–२० स्म्यास प्रतियोगितामा थाइल्याण्डसँगै युएई, चीन र मलेशियासँग खेलिसकेको छ । समूहचरणमा अपराजित रहेको नेपालले सेमिफाइनलमा इण्डोनेशियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । तर फाइनलमा थाइल्याण्डसँग पराजित भएको थियो । 

क्वालिफायरमा आयोजक थाइल्याण्डलाई ग्लोबल क्वालिफायर पुग्ने मुख्य दाबेदारको रुपमा हेरिएको छ । यसअघिका चार संस्करणमा पनि थाइल्याण्ड नै विजेता बन्दै अघिल्लो चरण पुगेको थियो । यसपटक थाइल्याण्डलाई नेपाल र युएई जस्ता राष्ट्रले चुनौती दिने अपेक्षा गरिएको छ । 

क्वालिफायरका सबै खेलले टी–२० अन्तर्राष्ट्रियको मान्यता पाउने भएकाले वरियतामा रहेका टिमका लागि पनि यो क्वालिफायरले असर गर्नेछ । टी–२० वरियतामा थाइल्याण्ड १२औँ, युएई १४औँ र नेपाल १६औँ स्थानमा छन् । 

एशियाली छनोटसहित अफ्रिका, अमेरिका, युरोप र ओशियानाबाट गरी कूल २७ राष्ट्रले पहिलो चरणको छनोटमा प्रतिस्पर्धा गर्नेछन् । क्षेत्रीय छनोटमा एशियाबाट सात टिमले प्रतिस्पर्धा गर्दैछन् भने अफ्रिकाबाट नौ, ओशियानाबाट छ, युरोपबाट तीन र अमेरिकाबाट दुई राष्ट्रले सहभागिता जनाउनेछन् । 

प्रतियोगिताका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली शनिबार त्यसतर्फ गएको छ । नेपाली टोलीमा रुबिनासहित सीता रानामगर (उपकप्तान), सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, अप्सरा बेगम, ममताकुमारी चौधरी र विन्दु रावल छन् । 

टोलीको मुख्य प्रशिक्षकमा विनोद दास र सहायक प्रशिक्षकमा नीरा राजोपाध्याय हुनुहुन्छ । मुख्य प्रशिक्षक विनोद दास र कप्तान रुबिना क्षेत्रीले प्रशिक्षण राम्रो भएकाले नेपालको दोस्रो क्वालिफायरमा छनोट हुने लक्ष्य रहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com