ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरिज जित्ने खेलाडीलाई सरकारले पाँच लाख दिने


admin
फाल्गुन २, २०७५ बिहीबार   ८ : १९   बजे

काठमाडौं,२ फागुन । संयुक्त अबर इमिरेट्स (युएई)मा सम्पन्न एकदिवसीय अनर्राष्ट्रिय सिरिज र टि–२० सिरिज जित्न सफल क्रिकेट खेलाडीलाई सरकारले जनही रु पाँच लाख दिने निर्णय गरेको छ । 

यही माघ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सिफारिशमा सरकारले १६ जना खेलाडीलाई जनही रु पाँच लाखका दरले रु ८० लाख तथा मुख्य प्रशिक्षकलाई रु तीन लाख र सहायक प्रशिक्षक र अफिसियल एवं फिजियोलाई रु दुई÷दुई लाख गरी रु ९१ लाख प्रदान गर्ने निर्णय गरेको छ । 

युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेका अनुसार क्रिकेटमा रु पाँच लाख प्राप्त गर्ने खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, सोमपाल कामी, करण के.सी, वसन्त रेग्मी, पवन सराफ, सन्दीप जोरा, भीम सार्की, प्र्रदीप ऐरी, दीपेन्द्र ऐरी, ललितनारायण राजवंशी, विनोद भण्डारी, अविनाश बोहरा, रोहितकुमार पौडेल र मोहम्मद अरिफ सेख छन् । 

त्यसैगरी मुख्य प्रशिक्षक जगत टमाटाले रु तीन लाख तथा ब्याटिङ प्रशिक्षक उमेश पट्वाल, फिजियो दिनेश भट्ट, सहायक प्रशिक्षक सुवास पात्रो र टोली व्यवस्थापक रमन शिवाकोटीलाई जनही रु दुई÷दुई लाख दिने निर्णय सरकारले गरेको छ । 

महेश्वरलाई रु पाँच लाख 

त्यसैगरी अघिल्लो महीना विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्टस् च्याम्पियनशीपमा नेपाललाई स्वर्णपदक दिलाएका बडीबिल्डर महेश्वर महर्जनलाई पनि सरकारले रु पाँच लाख दिने निर्णय गरेको छ । महेश्वरले थाइल्याण्डको चाङमइमा भएको १०आँै विश्व च्याम्पियनशीपमा अघिल्लो महीना स्वर्ण जितेका थिए । महर्जनले गत पुस १ गते थाइल्याण्डमा सम्पन्न वल्र्ड बडीबिल्डिङ एन्ड फिजिक स्पोर्टस च्याम्पियनसिपमा ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका थिए । 

फुटबल खेलाडीले पनि पाउने 

यसैबीच नेपाली राष्ट्रिय फुटबल खेलाडीले तीन वर्षअघि सरकारले दिने घोषणा गरेको पुरस्कारबापतको रकम पाउने भएका छन् । तीन वर्षअघि भारतमा सम्पन्न १२औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत फुटबलमा स्वर्ण पदक जित्ने खेलाडीलाई तत्कालीन सरकारले जनही रु पाँच लाख दिने घोषणा गरे पनि त्यतिबेला खेलाडीले रु दुई÷दुई लाख मात्र प्राप्त गरेका थिए । बाँकी तीन लाख भने अब पाउने भएका छन् । 

युवा तथा खेलकूद मन्त्रालयका अनुसार केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री रहनुभएका बेला घोषणा गरिएको उक्त रकम खेलाडीले पाउन सकेका थिएनन् । अहिले उहाँनै प्रधानमन्त्री भएका बेला खेलाडीले उक्त रकम पाउने भएका छन् । 

मन्त्रालयका अनुसार उक्त प्रतियोगितामा सहभागी भएका २० खेलाडीलाई बाँकी रहेको जनही रु तीन÷तीन लाख सरकारले उपलब्ध गराउनेछ । रु तीन लाख पाउने खेलाडीमा विकेश कुथु, एलान न्यौपाने, अमृत चौधरी, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, कमल श्रेष्ठ, मानबहादुर तामाङ, जगजीत श्रेष्ठ, विशाल राई, विक्रम लामा, हेमन गुरुङ, प्रकाश बुढाथोकी, सुनिल बल, रञ्जन विष्ट, सुमन लामा, अञ्जन विष्ट, नवयुग श्रेष्ठ र विमल घर्तीमगर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

विश्वकप २०२६ : सडकबाट विश्वकपसम्म — युवा मन्जाम्बीको जादुमा स्विट्जरल्यान्ड विजयी, बोस्नियालाई अन्तिम क्षणको पीडा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group