ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धर्म र पर्यटनलाई जोड्दै तालबाराही मन्दिर


admin

पोखरा, १५ असोज । विश्वमै पर्यटकीय नगरीका रुपमा ख्याति कमाएको पोखरामा पुग्ने जो कोही पर्यटकले घुम्न नछुटाउने धार्मिक पर्यटकीय तीर्थस्थल हो तालबाराही मन्दिर ।

माछापुच्छ«े हिमालको छाया देखिने फेवा तालको बीच भागमा रहेको सानो टापुमाथि प्यागोडा शैलीको मन्दिर अवस्थित छ र यसलाई प्राचीनकालदेखि तालबाराही मन्दिरका रुपमा पुजिँदै आइएको छ ।

तालको बीचमा रहेका कारण तालबाराही हुन गएको सहजै अनुमान गर्न सकिने यो मन्दिर नेपालका प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ । अति प्राचीन मन्दिरका रुपमा चिनिए पनि यसलाई कसले र कहिले निर्माण गरेका हुन् भन्ने यकिन तथ्य भने अनुसन्धानकै पर्खाइमा छ ।

तालबाराही मन्दिर संरक्षण÷गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मत कुँवरका अनुसार यस मन्दिरको अस्तित्व विसं १६६७ देखि कायम रहिआएको छ । कतै कतै विसं १४४७ देखि अस्तित्वमा रहेको भन्ने पनि अभिलेख पनि पाइएको छ । कास्कीका राजा कुल मण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेका थिए ।

प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवदन्ती छ । किंवदन्तीअनुसार तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास निकै रोचक छ । बाराही देवीको शक्तिले तालको बीचमा टापु बनेको विश्वास छ । तालबाराही देवी सन्न्यासीको भेषमा रातको समय मन्दिर रहेको वरपरको गाउँ पुग्दा अरू कसैले बास दिएनछन् । एउटी बूढीआमाले बास दिएर रातमा आफूसँग भएको ढुटाको रोटी खान दिनुभएछ ।


श्रुतिअनुसार भोलिपल्ट बिहान बूढीआमालाई देवीले अब यहाँ जलमग्न हुन्छ त्यहाँ गएर बस्नु भनेकामा ठूलो बाढी भएर जलमग्न भयो र बीच भागमा ढिस्को मात्रै रह्यो । विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो । फेवाताल र यसको बीचमा अवस्थित तालबाराही मन्दिरको दर्शन गर्न वर्षभरि नै दर्शनार्थी आउने गर्दछन् । “पोखरालाई पर्यटकीय रुपमा चिनाउन फेवाताल यहाँको महत्वपूर्ण सम्पत्ति हो,” पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवम् नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) पोखराका अध्यक्ष सोम थापाले भन्नुभयो, “पोखराको गहना फेवाताल हो भने फेवातालको गहना तालबाराही मन्दिर हो ।”

तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढाटाढाबाट दर्शनार्थी फेवाताल आउँछन् । त्यसकारण तालबाराही मन्दिरले पर्यटन र धर्म दुवैलाई जोडेको छ । यहाँ धार्मिक आस्था बोकेका र नबोकेका दुवै थरी पर्यटक घुम्न आउने गरेको उहाँ बताउनुहुन्छ । धर्म र पर्यटनको दुवै रुपमा गन्तव्यस्थल बनेको यस मन्दिरमा वर्षैभरि दर्शनार्थी पुग्ने गरेका कारण मेला लागेजस्तो हुने गरे पनि यहाँ कोजाग्रत पूर्णिमाका दिन विशेष मेला लाग्छ । यस दिन बाराही दर्शन गरी जमरा सेलाउन टाढाटाढाबाट भक्तजन आउने गर्दछन् ।

नवरात्र अवधिभर यहाँ आउने भक्तजनका कारण नै मन्दिर परिसर दिनभर नै खचाखच भरिएको हुन्छ । तालमा देखिने माछापुच्छ«े हिमालको छाया र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूप जस्ता दृश्यले पर्यटकलाई लोभ्याउने गरेका छन् । तालको किनाराबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यको मज्जा लिन पाइने मात्र हैन तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि मानिसहरू मन्दिरमा पुग्ने गरेको स्थानीयवासी गणेश तिमल्सिनाले बताउनुभयो ।

दैनिक चारदेखि छ हजारसम्म पर्यटक यहाँ दर्शनका लागि आउँछन् । यहाँ आएर विवाह बन्धनमा बाँधिए दाम्पत्य जीवन सुखी हुने जनविश्वास यस मन्दिरको अर्को विशेषता हो । जम्मा तीन रोपनी आठ आना दुई दाम क्षेत्रफलमा फैलिएको यस मन्दिरको थप संरक्षणमा तालबाराही मन्दिर संरक्षण÷गुठी व्यवस्थापन समिति क्रियाशील रहँदैआएको छ । मन्दिर परिसरको भूबनोटको परीक्षणका लागि समितिले २५ मिटर गहिराइसम्मको माटो परीक्षण गरेको र परीक्षणबाट भूबनोट बलियो रहेको पाइएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । आउने पर्यटकको सुविधालाई दृष्टिगत गरी समितिले यहाँ बस्ने बेन्चको व्यवस्था गरेको छ र अघिल्तिर आकर्षणका लागि पानीको फोहोरा निर्माण गर्न लागिएको छ ।

समितिले मन्दिरको संरक्षणका लागि पुरातत्व विभागसँग पनि समन्वय गरिरहेको छ । “पोखराको गहना फेवाताल र यसको गहना तालबाराही हो, फेवातालको संरक्षणसँगसँगै तालबाराही मन्दिरको पनि संरक्षण गरिनुपर्छ,” स्थानीय युवा एवं ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च, पोखराका पूर्वअध्यक्ष तारानाथ पहारीले भन्नुभयो । “पोखराको समग्र पर्यटकीय विकासमा तालबाराही मन्दिरको महत्वपूर्ण योगदान छ,” उहाँले भन्नुभयो, “मन्दिरका कारण बढेको पर्यटकीय आकर्षणलाई जोगाउन यसको संरक्षणमा स्थानीयवासीका साथै राज्यका सम्पूर्ण निकाय लाग्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com