काठमाडौं, १४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पनि यस पटकको दशैमा टीका लगाउनु भएको छ ।
जनयुद्धमा होमिएपछि टीका बहिस्कार गर्दै आएको प्रचण्डले यस पटक भने श्रीमती सीता दाहालबाट टीका लगाउनु भएको हो । प्रचण्ड निवास लाजिम्पाटमा परिवारका सदस्यहरुस“ग अध्यक्ष प्रचण्डले टीका लगानु भएको हो । श्रीमतीबाट टीका ग्रहण गरेपछि प्रचण्डले आफ्नी श्रीमती सीतालाई पनि टीका लगाइदिनु भएको थियो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा विश्वास लाग्ने भन्दै प्रचण्डले २०५२ सालबाट दशैको टीका बहिस्कार गर्दै टीका लगाउन छोडेका थिए । तर, यस पटक भने उहा“लै साइतमै टीका लगाउनु भएको हो । प्रचण्डले टीका लगाएपछि कतिपयले बैचारिक बिचलको टिप्पणी समेत गरेका छन् । तस्वीरहरु प्रचण्ड पुत्र प्रकाश दाहालको फेसबुकबाट लिइएका हुन ।
प्रतिक्रिया दिनुहोस्