ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाजुरामा गाउँपालिकाले दियो १४० युवालाई रोजगारी


admin


बडीमालिका, १७ माघ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकाले १४० युवालाई रोजगार दिएको छ । बेरोजगारी समस्या समाधान गर्न सहयोग पु¥याउने उद्देश्यले सो कार्य गरिएको गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताउनुभयो । 

गत पुस ७ गतेको गाउँ कार्यपालिकाको बैठकले आवश्यक कार्यविधि बनाई हिजोदेखि १०० युवालाई रोजगारी दिने काम भइरहेको अध्यक्ष शाहीले बताउनुभयो । प्रत्येक वडाका २८ का दरले बेरोजगार युवालाई गाउँपालिकाभित्रका सडक, बाटोघाटो मर्मत, सिँचाइ नहरजस्ता विकासे काममा लगाउन थालिएको छ । 

बुधबारदेखि शुरु गरिएको स्वरोजगार कार्यक्रममार्फत अध्यक्ष शाहीले छापुको सडक खोलीकुनादेखि शिलान्यास गर्दै बेरोजगार युवालाई काममा लगाएको छ । देशकै पहिलो गरीब गाउँपालिकाका रुपमा परिचित उक्त गाउँपालिकामा स्वरोजगारको अवसर सिर्जना गरी गरीबी न्यूनीकरण गर्न यो कार्यक्रम अघि सारेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुमेर शाहीले जानकारी दिनुभयो । 

विगतमा बेरोजगारी समस्याले यहाँका कतिपय युवा हिउँद लाग्ने बित्तिकै भारतलगायका देशमा काम गर्न जाने गरेका थिए । युवालाई अभिमुखीकरण गरेर हिजोदेखि काममा लगाइएको हो ।

श्रमको सम्मान गाउँपालिकाको अभियान भन्ने नाराका साथ युवा रोजगार कार्यक्रमका विषयमा स्वरोजगार दलमा छनोट भएका युवालाई रोजगार के हो ? त्यसको कामको प्रकृति, लक्ष्य उद्देश्य, बीमा नीति र दिगो विकासका सम्वन्धमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com