ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोर्खाल्याण्ड आन्दोलन तुहियो या सफलता उन्मुख ?


admin

नयाँ दिल्ली, १२ असोज । गएको करिब सय दिनदेखि जारी रहेको आम हड्ताल फिर्ता भएपछि भारतीय पर्यटकीय सहर दार्जिलिङको जनजीवन सामान्य भएको छ । लामो समयपछि बन्द खुलेकोले यहाँ चहल पहल बढेको बताइएको छ ।

भारतको केन्द्रीय सरकारका गृहमन्त्री राजनाथ सिंहको अपिलपछि उक्त आन्दोलन फिर्ता भएको अधिकारीहरुले जनाएका छन् । आन्दोलन फिर्ता भएपछि यहाँको जनजीवन सामान्य भएको समाचारमा जनाइएको छ ।

आन्दोलनकारीहरुले गोरखाल्याण्डलाई एक स्वतन्त्र राज्यका रुपमा दिइनुपर्ने अधिकार माग्दै सो आम हड्ताल जारी राखेका थिए । आन्दोलन १०० दिनपछि बुधबार फिर्ता लिइएको छ ।

दार्जिलिङ भारतको पर्यटकीय सहर हो । पर्यटनका लागि प्रसिद्ध रहेको सो सहरमा बिगतदेखि नै बुकिङ गरिएका होटलहरुको बुकिङ रद्द भएको थियो । लामो समयदेखि पर्यटक नआएपछि बजार सुनशान भएको थियो ।

यो आन्दोलनको फिर्तीसँगै यहाँको जनजीवन सामान्यतर्फ फर्किएको र होटलहरुमा बुकिङ सुरु भएको बताइएको छ । पश्चिम बंगालका दार्जिलिङलगायतका क्षेत्रमा बुधबार बिहानदेखि चहल पहल सुरु भएको र होटल एवम् बन्द ब्यापार पनि सुुचारु भएका दार्जिलिङ्बाट प्राप्त समाचारमा जनाइएको छ ।

गोर्खा जनमुक्ति मोर्चाले सो आम हड्तालको आह्वानमा १०० दिनसम्म जारी सो आम हड्ताल फिर्ता भएपछि विभिन्न प्रतिक्रियाहरु आएका छन् ।

जनमुक्ति मोर्चाका नेता बिमल गुरुङले यहाँका राजनीतिक दलका नेताहरुलाई भेटेपछि आजै सो आन्दोलन स्थगित गरेको सार्वजनिक जानकारी गराउनुभएको बताइएको छ ।

मङ्गलबार साँझ भारतको केन्द्रीय सरकारका गृहमन्त्री राजनाथ सिंहले आन्दोलन स्थगित गरी शान्तिपूर्ण रुपमा र प्रजातान्त्रिक प्रक्रियाबाट समाधानको बाटो खोज्न अपिल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँः नेता श्रेष्ठ

सम्बन्धित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

अफगानिस्तानले गर्‍यो पाकिस्तानमा आक्रमण, १२ सैनिक मारिएको तालिबानको दाबी

इजरायल र हमासबीच गाजा शान्ति योजनाको पहिलो चरणमा ‘हस्ताक्षर’ भएको ट्रम्पको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com