काठमाडौं, ११ असोज । नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउँदै तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना सम्पन्न भएको छ ।
दुई नम्बर प्रदेशमा सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनमा ४० स्थानीय तहमा जित हासिल गर्दै नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । त्यस्तै, २६ स्थानीय तहमा जित हासिल गर्ने संघीय समाजवादी फोरम नेपाल दोस्रो पार्टी बनेको छ भने २५ स्थानीय तहमा जित हासिल गर्दै राष्ट्रिय जनता पार्टी तेस्रो दल बन्न सफल भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र २१ स्थानीय तहमा जित हासिल गरेर चौथो पार्टी बनेको छ भने पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो भएको नेकपा एमाले १८ स्थानीय तहमा मात्रै जित हासिल गर्दै पाँचौ दल बनेको छ । दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बिजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले ३ स्थानीय तह मात्र तिजेको छ भने हरिचरण शाह नेतृत्वको नेपाली जनता दलले २ र नयाँ शक्ति नेपालले १ स्थानीय तह जितेको छ ।







प्रतिक्रिया दिनुहोस्