ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक शुरु


admin
माघ १४, २०७५ सोमबार  १२ : ३३ बजे

सुर्खेत, १४ माघ । कर्णाली प्रदेशको प्रदेश समन्वय परिषद्को पहिलो बैठक आजदेखि राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुरु भएको छ ।

बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यो प्रदेशको प्राकृतिक स्रोत साधनको समूचित उपयोग, तीनको व्यवस्थापन र पहिचानका विषयमा छलफलगरी एकरुपता ल्याउने र सबै तहको अधिकारमा स्पष्टता गराउने ध्येयले बैठकको आयोजना गरिएको बताउनुभयो ।

“सङ्घीय संरचनामा जाँदा देखिएका केही अलमल छन्,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “यो बैठकमा त्यसको स्पष्ट धारणा निकाल्दै कसरी तीन वटा सरकारको समन्वयबाट विकास सम्भव छ र प्रदेश र स्थानीय तहको संरचना कस्तो हुनसके कामकारवाही अघि बढ्नसक्छ भन्ने कुराको निक्र्यौल निकाल्छौं ।”

केन्द्रबाट आएको बजेटले पनि खास कर्णालीको अपेक्षित विकास हुन नसकेको र सामाजिक विकासका क्षेत्रमा थुर्पै बजेट खर्च भए पनि तीनबाट उल्लेख्य परिणाम नदेखिएको बताउँदै मुख्यमन्त्री शाहीले भन्नुभयो, “हामी कानून निर्माणको चरणमा हामी छौं । त्यसैले कस्ता कानून बनाउँदा हाम्रा लागि सहज हुनसक्छ ? भन्नेमा बैठक केन्द्रित हुनेछ ।”

उहाँका अनुसार दुई दिनसम्म सञ्चालन हुने बैठकको अन्तमा दुई तहको साझा बुझाइलाई एकीकृत गरेर प्रतिबद्धतासहितको घोषणा पत्र जारी गर्नेछ । स्थानीय सरकार, प्रदेश र सङ्घले कति र कस्ता खालका सडक बनाउने भन्ने कुराको निक्र्यौल पनि यो बैठकले निकाल्ने जनाइएको छ ।

उद्घाटन कार्यक्रममा प्रदेश मन्त्रालयका विभागीय सचिवले मन्त्रालयगत रुपमा प्रगतिको अवस्थाका बारेमा आफ्नो प्रस्तुति राख्नुभएको छ । बैठकमा प्रदेश सभामुख, कर्णाली सरकारका मन्त्री, सङ्घीय संसद्, प्रदेशसभा सदस्य, विज्ञ, जिल्ला समन्वय समिति तथा नगरपालिकाका प्रमुख-उपप्रमुख, गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष, जिल्ला समन्वय अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गयो एक जना घाइते

सहकारी काण्डमा चुनावी ध्रुवीकरण:रास्वपा ‘मिलापत्र’ र फिर्तामा जोड, कांग्रेस–एमाले कारबाही र कडा नियमनको पक्षमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com