सप्तरी, ११ असोज । सप्तरीको राजविराज नगरपालिकामा राष्ट्रिय जनता पार्टी विजयी भएको छ ।
राजपाका सम्भुप्रसाद यादव मेयर र साधना झा उपमेयरमा निर्वाचित भएको छन् । मेयरका निकटम प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका भिमराज यादव र उपमेयरका उम्मेदवार किरणकुमारी साह झिनो मतअन्तरले पराजित भएका छन् ।
राजविराजको मतपरिणाम सार्वजनिक भएसँगै तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्