काठमाडौं,१३ माघ । काठमाडौँको दक्षिणकालीबाट बाघको हड्डी जस्तो देखिने वस्तुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यहाँको दक्षिणकाली नगरपालिका–१ बागधारा बस्ने ४२ वर्षीया सविता लामालाई बाघको हड्डी जस्तो देखिने वस्तु ५६ थानसहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी प्रभाग चाल्नाखेलबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शनिबार सविताको घरमा खानतलासी गर्दा सो वस्तु फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।
सोही विषयमा थप अनुसन्धानका लागि प्रहरीले सिन्धुपाल्चोक चोगदे–७ बस्ने २६ वर्षीय अजय गुरुङलाई बल्खुबाट पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्