झापा , १२ माघ । मनषा सिमेन्ट उद्योग भद्रपुरमा कार्यरत एक भारतीय नागरिकको हत्या भएको प्रहरीले आंशका गरेको छ ।
भद्रपुर नगरपालिका ९ मा सञ्चालित मनषा सिमेन्ट उद्योगमा मेनेजर पदमा कार्यरत भारतको पटना, विशाखा निवासी ६२ बर्षीय कमल दुगढ उद्योगकै कोठामा शनिवार विहान मृत अवस्थामा फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उद्योग परिसरभित्रै कोठामा बस्दै आएको दुगडको हत्या भएको वा शंकास्पद मृत्यु भएको अहिलै नै केही भन्न नमिल्ने डिएसपी श्रेष्ठको भनाई ।
‘मृतक दुगडको लासको प्रकृति हेर्दा उनको शव ओछियानमा रहेको छ, डिएसपी श्रेष्ठले भने, ‘मुखमा कपडा हाल्नुका साथै हात खुट्टा बाधिएकोले उनको हत्या भएको प्रहरीलाई आंशका छ ।’
‘हामीले घरानबाट तालिम प्राप्त कुकुरसहितको टोली मगाएका छौ, सो टोली आएपछि मात्र घटनास्थलको कोठा भित्र प्रवेश गर्ने छौ, उनले भने । विगत ३ बर्षदेखि उद्योगमा कार्यरत दुगढ शनिवार नै आफ्नो घर फर्किने तयारीमा रहेको थिए ।
शनिवार विहान उद्योगका चालकले उनलाई भारत छाड्ने भनि बोलाउन आउँदा उनको शव ओछियाएमा लडेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी टोली खटिएको छ ।
प्रतिक्रिया दिनुहोस्