काठमाडौं,१२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउने चार जना पक्राउ परेका छन । नेपाल विद्यार्थी संघका चार जना कार्यकर्ता पक्राउ परेका हुन ।
स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालो झन्डा देखाउने क्रममा केन्द्रीय सदस्य सुशील भट्ट, निरन्जन थापा, सुवास घिमिरे र सुदीप अधिकारी पक्राउ परेका हुन । पक्राउ परेकाहरुलाई विमानस्थल प्रहरीले नियन्त्रणमा राखेको छ।
प्रतिक्रिया दिनुहोस्