ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा छुट्टा-छुट्टै सडक दुर्घटनमा एकको मृत्यु, पाँच घाइते


admin

भरतपुर, १२ माघ । चितवनमा भएको छुट्टाछुट्टै सडक दुर्घटनमा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने घुमाउनेमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख ७०४४ नंको ट्रकले तनहुँबाट बिरामी लिएर उपचारका लागि भरतपुर आउँदै गरेको ग२च ८९६२ नंको एम्बुलेन्सलाई शुक्रबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

ट्रकको ठक्करबाट एम्बुलेन्समा सवार क्यान्सर रोग पीडित बिरामी तनहुँ रिसिङ गाउँपालिका–५ बस्ने ६२ वर्षीय राजिसरा थापामगरको मृत्यु भएको हो । दुर्घटनामा घाइते मगरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घाइते एम्बुलेन्स चालक र अन्य दुई जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने ट्रक चालकको मुग्लिनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

यस्तै शुक्रबार साँझ नै भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् ।

नारायणपुरबाट भरतपुर आउँदै गरेको बा१०च १७७ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको ना४५प ९८५४ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका भनपा–१४ का ४० वर्षीय विशेश्वर घिमिरेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने कार र कारका चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसदबाट स्वत:निलम्बित भए बस्नेत

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सम्बन्धित

नेपालको ब्यूरोक्रेसीलाई हामीले नै लोभी बनाएका छौँ – शंकर पोखरेल

प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको शिष्टाचार भेट

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्नेमा जोड

१४ महिनापछि देउवाजीलाई ‘लौ प्रधानमन्त्री’ भन्दै किस्तीमा राखेर पद हस्तान्तरण गर्छु – प्रधानमन्त्री ओली

कांग्रेस सांसद बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बन हुने प्रतिनिधिसभा सदस्य ३ पुगे, एक फरार

अब दुईचार दिनमै नयाँ गभर्नर पाउँछौँ – सञ्चारमन्त्री गुरुङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com