ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नै ठाउँबाट श्रम स्वीकृति पाउँदाको खुशी


admin

धनगढी, ११ माघ । वैदेशिक रोजगारीका लागि मलेशिया जाने तयारीमा रहनुभएका कैलालीको गौरीगङ्गा नगरपालिकाका गोरखबहादुर खवास शुक्रबार धनगढीको श्रम तथा रोजगार कार्यालयमा खुशी मुद्रामा हुनुहुन्थ्यो ।
सुदूर पश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित श्रम तथा रोजगार कार्यालयमा शुक्रबार वैदेशिक रोजगार डेस्कको शुभारम्भ गरिएसँगै उहाँ खुशी देखिनुभएको हो ।

सेवाग्राही खवासले भन्नुभयो, “यसअघिसम्म राजधानी काठमाडौँबाट श्रम स्वीकृति लिने क्रममा निकै खर्चिलो र विभिन्न कठिनाइको सामना गर्नुपथ्र्यो । अब भने मुक्ति पाइने भइयो ।”

नौ वर्षदेखि मलेशियाको जुस बनाउने कम्पनीमा कार्यरत खवास त्यहाँ दैनिक आठ घण्टा काम गर्नुपर्ने कम्पनीको नियम रहेकामा थप समयमा गर्दा थप पारिश्रमिक समेत पाउने गरेको बताउनुहुन्छ । उहाँले थप्नुभयो,“श्रम स्वीकृति लिँदा हुने झमेला र तनाब सबै हटे, अब सिधै टिकट काटेर मलेशिया उड्न पाइने भयो ।”

साउदीमा स्काइफोल्डिङको काम गर्दै आउनु भएका धनगढी उपमहानगरपालिका—२ का अर्का सेवाग्राही रामबहादुर सिंहले पहिलोपटक आफ्नै गाउँठाउँमा श्रम स्वीकृति लिन पाउँदा ठूलो राहत मिलेको प्रतिक्रिया दिनुभयो । ‘

‘अघिल्लो पटक मेनपावर कम्पनिमार्फत श्रम स्वीकृतिको कागजात बनाउँदा काठमाडौँमा बसोवासको खर्चबाहेक रु सात हजार शुल्क तिर्नुपरेको थियो’’ सिंहले भन्नुभयो, “अहिले आफैँले अनलाइनबाट रु छ हजार ५०० रकम जम्मा गरेर आफ्नै ठाउँमा श्रम स्वीकृति मिल्दा सहज मात्र भएको छैन, विगतमा जस्तो दलालहरुको चङ्गुलमा पर्नुपर्ने र लामो लाइन लाग्नुपर्ने बाध्यता पनि हटेको छ ।” सिंह वैदेशिक रोजगारीका लागि तेस्रो पटक सउदी जाने तयारीमा हुनुहुन्छ ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उहाँहरु दुबै जनाको राहदानीमा श्रम स्वीकृतिको स्टिकर टाँसेर हस्तान्तरण गर्दै वैदेशिक रोजगार डेस्कको शुभारम्भ गर्नुभयो । योसँगै सुदूर पश्चिम प्रदेशबाट पनि पुनः श्रम स्वीकृति दिने कार्य औपचारिक रुपमा शुरु भएको छ ।

सो अवसरमा मन्त्री सुवेदीले सङ्घीयताको मर्मअनुरुप नै सरकारले प्रदेशस्तरबाट नै श्रम स्वीकृति दिन शुरु गरेको स्पष्ट पार्नुभयो । सामाजिक विकास मन्त्रालयका सचिव गोगनबहादुर हमालले वैदेशिक रोजगार डेस्कबाट हुने कामले सेवाग्राहीको समय र पैसा बचत हुने हुने विश्वास व्यक्त गर्नुभयो ।

श्रम तथा रोजगार कार्यालयका प्रमुख कृष्णानन्द जोशीले श्रम स्वीकृति प्रदेशस्तरबाट नै दिने व्यवस्था गरिएकाले वैदेशिक रोजगारी व्यवस्थित र सुरक्षित बनाउन समेत टेवा पुग्ने बताउनुभयो ।

धनगढीमा स्थापना गरिएको वैदेशिक रोजगार डेस्कबाट छुट्टीमा आएर सोही मुलुकमा जान चाहनेलाई पुनः श्रम स्वीकृति (रि–इन्ट्री)को सेवा दिन सकिने व्यवस्था गरिएको छ । पहिलोपटक वैदेशिक रोजगारीमा जानेले भने राजधानीमा रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति लिनुपर्ने जनाइएको छ ।

यस्तै मेनपावरमार्फत् जानेहहरुको हकमा सोही कार्यालयबाट स्वीकृति लिनुपर्ने हुन्छ । सुदूरपश्चिम प्रदेशबाट कामको खोजीमा वैदेशिक रोजगारीमा जाने अन्य प्रदेशको तुलनामा निकै कम सङ्ख्यामा रहेको जनाइएको छ । यो प्रदेशबाट रोजगारीका लागि अन्य मुलुकभन्दा भारत जाने बढी सङ्ख्यामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com