ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्पतालबाट फरार थुनुवा पाँच घण्टापछि पक्राउ


admin
माघ ११, २०७५ शुक्रबार  २ : ०३ बजे

गौशाला, ११ माघ । जलेश्वर कारागारबाट ल्याइ जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदा गराउँदै फरार भएका एक थुनुवा पाँच घण्टापछि पक्राउ परेका छन् ।

महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा रहँदै आएका धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका– ६ घर भई हाल जलेश्वर कारागारमा नकबजनी चोरी मुद्दामा बस्दै आएका रञ्जीत यादव जनकपुर अञ्चल अस्पतालबाट उपचारका क्रममा गएराति २ बजे फरार भएकामा आज बिहान ७ बजे पुनःपक्राउ परेको जेलर चिरञ्जीवी थापाले बताउनुभयो ।

धनुषा जिल्ला अदालतको फैसलाअनुसार नकवजनी चोरी मुद्दामा रु १० हजार धरौटी तिर्न नसकी विसं २०७५ मङ्सिर २८ गतेदेखि थुनुवा यादव जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएकामा गएराति उनी उपचार गराउँदा गराउँदै भागेका थिए ।

दुई दिनअघि बुधबार अत्यधिक पेट दुखेर (एपेन्डिक्स) भएर दुई जना सुरक्षाकर्मी र एक जना कार्यालय सहयोगीका साथमा अञ्चल अस्पताल जनकपुरमा उपचारका लागि गएका थुनुवा यादव गएराति करीब २ बजेतिर पिसाब फेर्ने बहानामा उठेर हतकडी खोली भागेको जेलर थापाले बताउनुभयो ।

थुनुवा यादव भागेलगत्तै कारागार कार्यालय महोत्तरीका जेलर थापाको आग्रहमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र धनुषा जिल्ला प्रहरी तथा प्रदेश प्रहरीले थुनुवाको खोजतलास व्यापकरुपमा गरेर पाँच घण्टापश्चात् पुनःथुनुवा यादवलाई पक्राउ गर्न सफल भएको महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

निर्वाचन ११ दिन बाँकी : ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम

सम्बन्धित

रास्वापाले चुनाव भाँड्न खोज्यो :एमाले

आज उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा छिटपुट वर्षा र हिमपातको सम्भावना

संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

मनहरीमा यात्रुबाहक बस दुर्घटना, २२ जना घाइते

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com